+
+
Shares

‘मिस युनिभर्स नेपाल’ का १४ फाइनलिस्टले दिए क्याट-वाक प्रस्तुति

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २४ गते १४:३३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • ‘मिस युनिभर्स नेपाल’ का १४ फाइनलिस्टले मंगलबार राति होटल सोल्टीमा नेपाली कला, संस्कृति र मौलिकता झल्काउने पहिरनमा क्याट-वाक प्रस्तुत गरे।
  • आयोजक ग्लोबल ग्ल्यामर भेन्चर्सले उक्त फेसन-शो नेपालको संस्कृतिलाई अन्तर्राष्ट्रिय स्तरमा फैलाउने उद्देश्यले आयोजना गरिएको जनाएको छ।
  • राष्ट्रिय निर्देशक संगीता पुरीले ‘यो यात्रा सहज थिएन । धेरै चुनौती आए, तर हामी युवा मिलेर निरन्तर मेहनत गर्दै यो कार्यक्रमलाई सफल बनाउँदै यहाँसम्म ल्याउन सफल भएका छौँ ।’ भनिन्।
  • आयोजकका अनुसार मिस युनिभर्स नेपालको ग्रान्ड फिनाले सेप्टेम्बर महिनाभित्र गर्ने तयारी भइरहेको छ।

काठमाडौं । ‘मिस युनिभर्स नेपाल’ का १४ जना फाइनलिस्ट सुन्दरीले फेसन रन-वेमा क्याट-वाक प्रस्तुति दिएका छन् । मंगलबार राति होटल सोल्टीमा आयोजित समारोहमा नेपाली कला, संस्कृति र मौलिकता दर्शाउने पहिरनमा आफूलाई प्रस्तुति दिए ।

उक्त फेसन-शोको उद्देश्य नेपालको संस्कृतिलाई अन्तर्राष्ट्रिय स्तरमा फैलाउनु रहेको आयोजक संस्था ग्लोबल ग्ल्यामर भेन्चर्सले जनाएको छ ।

रन-वेका लागि श्वेता आचार्य फेसन हाउस, प्रियान्शी खेतान, युमी चौधरी, आकृति पुनमगर, विनिता मगर, दिव्या, रफिशा रोक्का, मोनिका, सृष्टि थापा, विमल पुन, सृष्टिका शाक्य, दीप गौतम थापा, सोलमेट बुटिक, मसुली चदार र हेमा जैगडी लगायतका डिजाइनरले पहिरन तयार गरेका थिए ।

सो अवसरमा मिस युनिभर्स नेपालकी राष्ट्रिय निर्देशक संगीता पुरीले मन्तव्य राखेकी थिइन् । उनले भनिन्, ‘यो यात्रा सहज थिएन । धेरै चुनौती आए, तर हामी युवा मिलेर निरन्तर मेहनत गर्दै यो कार्यक्रमलाई सफल बनाउँदै यहाँसम्म ल्याउन सफल भएका छौँ ।’

आयोजकका अनुसार ग्रान्ड फिनाले सेप्टेम्बर महिनाभित्र आयोजनाको तयारी भैरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?