+
+
Shares
रसुवा बाढी :

संसदीय विशेष समिति गठनबारे सरकारको ध्यानाकर्षण गराउने विपक्षी दलहरूको निर्णय

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २५ गते १३:२७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • विपद् व्यवस्थापन, राहत, उद्धार, खोजी र पुनर्स्थापनाका लागि संसदीय विशेष समिति गठन गर्न सरकारको ध्यानाकर्षण गराउने विपक्षी दलहरूले निर्णय गरेका छन्।
  • कांग्रेस संसदीय दलको कार्यालयमा बसेको विपक्षी दलहरूको बैठकले समितिमार्फत सरकारी राहत–उद्धार कार्यको अनुगमन र थप सुझाव दिने निष्कर्ष निकालेको छ।
  • बैठकले पूर्वतयारी र सुरुआती चरणमा पर्याप्त समन्वय नहुँदा केही कमजमी देखिएको भन्दै सरकारले अस्थायी पुनर्स्थापनाको काम तत्काल तीव्र बनाउनुपर्नेमा जोड दिएको छ।

२५ भदौ, काठमाडौं । प्रतिनिधिसभामा प्रतिधित्व गर्ने विपक्षी दलहरुले विपद् व्यवस्थापन, राहत, उद्धार, खोजी र पुनर्स्थापनाका कार्यहरू प्रभावकारी बनाउन संसदीय विशेष समिति गठन गर्न सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको छ ।

कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा बिहीबार बसेको दलहरुको बैठकले सरकारी राहत–उद्धार कार्यको अनुगमन, निरीक्षण, थप सुझाव दिने र संसदीय तवरबाट आवश्यक सहजीकरणका लागि संसदीय विशेष समिति गठन गर्न सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको एमाले संसदीय दलकी उपनेता पद्मा अर्यालले जानकारी दिइन् ।

सरकारले हालसम्म समिति गठन नगरेको सन्दर्भमा संसदीय विशेष समिति गठन गर्न संसद्मा सशक्त रूपमा आवाज उठाउने र सरकारको निरन्तर ध्यानाकर्षण गराउने निर्णय भएको उनले बताइन् ।

‘विपत व्यवस्थापनसित जोडिएका काममा सहयोग गर्न । राहत, उद्धार, खोज र पुनर्स्थापना जस्ता विषयहरुमा सरकारलाई सहयोग गर्न र सरकारकातर्फबाट भए गरेका कामहरुको निरानी अनुगमन निरीक्षण थप सुझाव र हाम्रो आफ्नो पनि सक्रियताका लागि संसदीय विशेष समिति गठन गर्ने हामीले माग गरेका थियौं’, उनले थपिन, ‘अहिलेसम्म पनि गठन नभएको सन्दर्भमा हाम्रो मागलाई निरन्तर अघि बढाउने र विशेष समिति गठन गर्ने विषयमा सरकारसँग ध्यानाकर्षित गर्ने संसदमा आवाज उठाउने निर्णय गरेका छौं । ‘

बैठकले हालसम्म उद्धार तथा खोजीमा खटिएका निकायहरू र भएका कामलाई धन्यवाद दिदै पूर्वतयारी र सुरुआती चरणमा पर्याप्त सल्लाह–परामर्श एवं समन्वय नहुँदा केही कमीकमजोरी देखिएको निष्कर्ष निकालेको अर्यालले जानकारी दिइन् ।

उनले जनताको धैर्यता टुट्न नदिन सरकारले तत्काल अस्थायी पुनर्स्थापनाको काम तीव्र गतिमा अगाडि बढाउनुपर्नेमा जोड दिएको उल्लेख गरिन् ।

राष्ट्रिय विपत्तिको घडीमा दलीय राजनीतिक स्वार्थ र एजेन्डाहरूलाई पूर्ण रूपमा पन्छाएर सरकारसँग हातेमालो गर्ने प्रतिपक्षी दलहरूको साझा प्रतिबद्धता रहेको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?