+
+
Shares

विपक्षी दलको बैठक सिंहदरबारमा सुरु

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २५ गते ११:५२

२५ भदौ, काठमाडौं । प्रमुख प्रतिपक्षी दलहरुको बैठक सुरु भएको छ । नेपाली कांग्रेसको आह्वानमा विपक्षी दलहरूको बैठक बसेको हो ।

बैठक सिंहदरबारस्थित नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा जारी छ ।

भोटेकोशी बाढी पीडितको उद्धार, राहत र पुनर्स्थापना तथा सर्वददलीय बैठकका निर्णयहरु कार्यान्वयनलगायतका विषयमा छलफल गर्न बैठक बसेको हो ।

बैठकमा कांग्रेसबाट संसदीय दलका नेता भीष्मराज आङ्देम्बे र प्रमुख सचेतक बासना थापा, एमालेबाट उपनेता पद्मा अर्याल र सचेतक निता घतानी, नेकपाबाट प्रमुख सचेतक युवराज दुलाल र सांसद प्रमेश हमाल र श्रम संस्कृति पार्टीबाट सांसद ध्रुव राई सहभागी भएका छन् ।

अर्को प्रतिपक्षी दल राप्रपा भने बैठकमा सहभागी भएको छैन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?