+
+
Shares

विपत्तिपछि रोकिएको प्रकाश दूतराजको ब्यान्ड घोषणा शनिबार बेनीबाट

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २५ गते १३:३३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रकाश दूतराजले २७ भदौमा म्याग्दीको बेनीबाट ‘दूतराज प्रकाश एन्ड लाइनअप’ घोषणा गरी पहिलो लोकसंगीत ब्यान्ड सार्वजनिक गर्ने भएका छन्।
  • म्याग्दी उद्योग वाणिज्य संघको आयोजनामा हुने कार्यक्रममा दूतराजले पहिलोपटक आफ्नो ब्यान्डसहित प्रत्यक्ष प्रस्तुति दिनेछन्।
  • दूतराजले ट्रयाकभन्दा ब्यान्डको वाद्यावादनसहित प्रस्तुति गर्ने र नेपाली मौलिक बाजालाई संसारभर प्रवर्धन गर्ने बताएका छन्।

काठमाडौं । जन्मथलो म्याग्दीबाट पहिलो लोकसंगीत सांगीतिक समूह घोषणा गर्ने गायक प्रकाश दूतराजको योजनालाई तत्काल प्राकृतिक विपत्तिले रोकिदिएको थियो ।

भोटेकोशी बाढी आएपछि दूतराजले ब्यान्ड घोषणा कार्य १२ भदौलाई तय गरेका थिए । अब भने यो कार्यक्रम २७ भदौलाई तय गरिएको छ । यो मितिमा दूतराजले ‘दूतराज प्रकाश एन्ड लाइनअप’ घोषणा गर्दैछन् ।

म्याग्दी उद्योग वाणिज्य संघ आयोजक रहेको कार्यक्रममा प्रकाशले पहिलोपटक आफ्नो ब्यान्डसहित प्रत्यक्ष प्रस्तुति दिनेछन् । सो अवसरमा ब्यान्डले पहिलोपटक संयुक्तरुपमा प्रस्तुति समेत दिनेछ ।

यो ब्यान्ड मुलुकको पहिलो लोकसंगीत ब्यान्ड समेत हुनेछ । विभिन्न विधाका वाद्यवादक र प्राविधिकलाई समेटेर लोकसंगीतमा प्रकाशले नौलो अभ्यास थाल्न लागेका हुन् ।

उनले अबको सांगीतिक प्रस्तुति ट्रयाकभन्दा पनि ब्यान्डको वाद्यावादनसहित हुने उल्लेख गरेका छन् । आफ्नो गृहजिल्ला म्याग्दीको सदरमुकाम बेनीस्थित खुला मैदानबाट उनले करिअरमा नयाँ अध्यायको थालनी गर्न लागेका हुन् ।

‘करिब १४ वर्षदेखि मनमा सम्हालेर राखेको सपना जहाँ देखेको थिएँ, त्यहीँबाट फुकाउने अवसर पाएको छु’ उनी भन्छन् । उनी ब्यान्डमार्फत संसारभर नेपाली मौलिक बाजालाई प्रवर्धन गर्न चाहन्छन् ।

लगत्तै ब्यान्डले नेपालमा सांगीतिक टूरको समेत तयारी गरिरहेको छ । घर कता हो बैनीको, रिमै, रेशमु, छैन र माया, मनमाया लगायतका उनका हिट गीत हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?