+
+
Shares

प्रकाश दूतराजले बनाए पहिलो लोकसंगीत ‘ब्यान्ड’, १२ भदौमा बेनीमा औपचारिक घोषणा

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन ३१ गते १३:५१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • लोकगायक प्रकाश दूतराजले नेपाली लोकसंगीत क्षेत्रमै पहिलोपटक 'प्रकाश दूतराज एन्ड लाइनअप' नामक सांगीतिक समूह गठन गरेका छन्।
  • १२ भदौमा म्याग्दीको बेनीमा आयोजना हुने कार्यक्रमबाट यो ११ सदस्यीय ब्यान्डको औपचारिक घोषणा गरिनेछ।
  • दूतराजले नेपाली मौलिक बाजा र लोकसंगीतको फ्युजनसहित कन्सर्ट गर्न ब्यान्ड गठन गरिएको उल्लेख गरे।

काठमाडौँ । लोकगायक प्रकाश दूतराज नयाँ शैलीसहित अघि बढ्ने भएका छन् । उनले नेपाली लोकसंगीत क्षेत्रकै पहिलो ब्यान्ड गठन गरेका छन् र औपचारिक घोषणा गृहजिल्ला म्याग्दीबाट हुनेछ ।

जनैपूर्णिमा अवसरमा १२ भदौमा बेनीमा आयोजना हुने कार्यक्रमबाट उनको सांगीतिक समूह ‘प्रकाश दूतराज एन्ड लाइनअप’ को औपचारिक घोषणा हुनेछ । म्याग्दी उद्योग वाणिज्य संघले आयोजना गर्न लागेको कार्यक्रममा ब्यान्डले पहिलो सांगीतिक प्रस्तुति दिनेछ ।

दूतराज यो ब्यान्डका मुख्य गायक (लिड भोकलिस्ट) हुन् भने ध्वनि प्राविधिक र बाद्यवादकसहित ब्यान्डका सदस्य संख्या ११ छ । लोकसंगीतसहित विभिन्न सांगीतक विधाका वाद्यवादक मिलेर यो ब्यान्ड गठन भएको हो ।

ब्यान्ड घोषणा गर्न किन बेनी नै ? उनको जवाफ छ- उद्योग वाणिज्य संघले पहिलोपटक स्टेजमा गाउने अवसर दिनुभएको थियो । यो पनि जिन्दगीको नयाँ अध्याय भएकाले आशीर्वाद लिनको लागि त्यहाँबाट घोषणा हुन लागेको हो ।’

लोकदोहोरी जनरामा सांगीतिक समूह गठनको पहिलो अभ्यास भएकाले यसको नतिजा भविष्यमा के हुन्छ भनेर अहिल्यै भन्न नसकिने दूतराज बताउँछन् ।

लोकसंगीत क्षेत्रमा ब्यान्डसहित एकल साँझ कार्यक्रम हुँदै आएपनि ब्यान्डसहित कन्सर्ट गर्ने कुरा पहिलोपटक हुन लागेको दूतराज बताउँछन् । ‘अहिलेसम्म कन्सर्टमा पनि ट्रयाकमा गाउँदै आएका छौं । अब नेपाली मौलिक बाजा, लोकसंगीत र लोकबाजामा पनि प्रयोग गर्न खोजेका हौं’ दूतराजले भने ।

बेनीमा पहिलोपटक प्रस्तुति दिएपछि चाँडै ब्यान्डको नेपाल टूर घोषणा हुने प्रकाशले बताए । निकट भविष्यमा अन्तर्राष्ट्रिय टूरको पनि आयोजना हुने प्रकाशले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?