+
+
Shares

साना व्यवसायका लागि वर्ल्डलिंकले ल्यायो ‘बिज २४’ म्यानेज्ड वाइफाई सेवा

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २५ गते ११:४३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले साना तथा मध्यम व्यवसायका लागि ‘बिज २४’ म्यानेज्ड वाइफाई सेवा सञ्चालनमा ल्याएको छ।
  • कम्पनीले क्लिनिक, रेस्टुरेन्ट, मार्ट, स्टुडियो र को–वर्किङ कार्यालयलाई लक्षित गरी क्लाउडमार्फत सञ्जाल व्यवस्थापन र प्राथमिकता सहयोगसहित सेवा तयार पारेको छ।
  • बिज २४ मा ‘राइज’, ‘ग्रो’ र ‘प्रो’ गरी तीन प्याकेज छन्, जसको वार्षिक शुल्क ३० हजार रुपैयाँदेखि सुरु हुने कम्पनीले जनाएको छ।

२५ भदौ, काठमाडौं। वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले साना तथा मध्यम व्यवसाय (एसएमई) का लागि ‘बिज २४’ म्यानेज्ड वाइफाई सेवा सञ्चालनमा ल्याएको छ।

कम्पनीका अनुसार व्यावसायिक परिसरका हरेक कुनासम्म समान र भरपर्दो वाइफाई पहुँच सुनिश्चित गर्ने तथा क्लाउडमार्फत वाइफाई सञ्जाल व्यवस्थापन गर्न सकिने गरी सेवा तयार पारिएको हो । साना तथा मध्यम व्यवसाय सञ्चालकसँगको प्रत्यक्ष छलफल तथा विभिन्न चरणमा गरिएको क्षेत्रगत परीक्षणपछि बिज २४ विकास गरिएको कम्पनीले जनाएको छ।

वर्ल्डलिंकका बिक्री प्रबन्धक सतीश कृष्ण राजभण्डारीका अनुसार नेपालका धेरैजसो साना तथा मध्यम व्यवसाय अझै पनि घरायसी प्रयोजनका लागि प्रयोग हुने इन्टरनेट जडानमा निर्भर छन्। यसका कारण व्यवसायिक परिसरका केही स्थानमा वाइफाईको पहुँच नपुग्ने, महत्वपूर्ण समयमा इन्टरनेटमा समस्या आउने तथा सञ्जालमा भइरहेको गतिविधिबारे पर्याप्त जानकारी नहुनेजस्ता समस्या देखिने गरेका छन्।

‘यिनै चुनौतीको समाधानका रूपमा बिज २४ ल्याइएको हो। यसले व्यवसायलाई थप भरपर्दो, व्यवस्थित र व्यवसायिक स्तरको कनेक्टिभिटी प्रदान गर्छ’ राजभण्डारीले भने ।

क्लिनिक, रेस्टुरेन्ट, साना तथा मध्यम आकारका मार्ट, स्टुडियो र को–वर्किङ कार्यालयलगायत व्यवसायलाई लक्षित गरी बिज २४ तयार पारिएको कम्पनीले जनाएको छ।

बिज २४ अन्तर्गत व्यवसायिक परिसरको क्षेत्रफल, भौतिक संरचना र आवश्यकताअनुसार उपयुक्त वाइफाई सञ्जालको योजना तथा सुझाव उपलब्ध गराइनेछ। एउटै राउटरमा मात्र निर्भर हुनुपर्ने अवस्थाको अन्त्य गर्दै आवश्यकताअनुसार थप उपकरणमार्फत सञ्जाल विस्तार गर्न सकिने कम्पनीको भनाइ छ।

यस सेवामा प्राथमिकता सहयोग समेत उपलब्ध हुनेछ । इन्टरनेट सेवामा समस्या आएमा बिज २४ ग्राहकले ०१–५९७००४० मा सम्पर्क गरी प्राथमिकताका आधारमा सहायता लिन सक्नेछन्।

बिज२४ अन्तर्गत ‘राइज’, ‘ग्रो’ र ‘प्रो’ गरी तीन तहका प्याकेज उपलब्ध छन्। यी प्याकेजमा २०० एमबीपीएसदेखि १ जीबीपीएससम्मको इन्टरनेट गति उपलब्ध हुने कम्पनीले जनाएको छ। साथै, सबै प्याकेजमा व्यवसायिक स्तरको राउटर, सार्वजनिक स्टाटिक आईपी र प्राथमिकता सहयोग समावेश छन्।

बिज २४ को वार्षिक शुल्क ३० हजार रुपैयाँदेखि सुरु हुने कम्पनीले जनाएको छ। उक्त शुल्कमा १३ प्रतिशत मूल्य अभिवृद्धि कर समावेश छैन।

कम्पनीका अनुसार बिज २४ सेवा नयाँ जडान गर्ने तथा सेवा नवीकरण गर्ने दुवै ग्राहकका लागि देशभर उपलब्ध हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?