२५ भदौ, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सांसद धनबहादुर बुढाले रसुवाको भोटेकोशी नदीको बाढीमा बेपत्ता भएकाहरूको घर-परिवारलाई आधिकारिक सूचना उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराएका छन् ।
प्रतिनिधिसभाको बिहीबारको बैठकको आकस्मिक समयमा बोल्दै उनले सम्पर्कविहीनहरूबारे आधिकारिक सूचना उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराएका हुन् ।
‘सम्पर्कविहीन नागरिकहरूको तत्काल खोज तथा उद्धारलाई उच्च प्राथमिकतामा राखी परिवारजनलाई आधिकारिक सूचना उपलब्ध गराउन म सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु,’ सांसद बुढाले भने ।
उनले भोटेकोशी बाटबाट आफ्नो गृहजिल्ला डोल्पालाई पनि प्रत्यक्ष रूपमा छोएको बताए । सांसद बुढाका अनुसार डोल्पा घर भइ रसुवामा काम गर्दै आएका व्यक्तिहरू बाढीपछि सम्पर्कविहीन छन् ।
‘यस घटनाले मेरो गृहजिल्ला डोल्पालाई पनि प्रत्यक्ष रुपमा छोएको छ । मुड्केचुला गाउँपालिका–१ निवासी त्रिशूली हाइड्रोपावरमा कार्यरत लबी शाही, धुन्चेको स्वास्थ्य संस्थामा कार्यरत दिनिशा शाही, डोल्पोबुद्ध निवासी थुप्नेन ल्हामु लामा र उहाँको परिवारहरू बाढीपछि सम्पर्कविहीन हुनुहुन्छ,’ बुढाले भने ।
प्रतिक्रिया 4