फाइल तस्वीर
News Summary
Generated by OK AI. Editorially reviewed.- प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दैछ ।
- बैठकमा परराष्ट्र मन्त्रालय र भूमि व्यवस्था, सहकारी तथा संघीय मामिला मन्त्रालयसम्बन्धी मौखिक प्रश्नको मन्त्रीहरूले उत्तर दिने कार्यसूची छ ।
- कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले एसियाली विधायिकी संस्थाहरूको परिषद्को सदस्यता प्राप्त गर्नेसम्बन्धी सम्मिलन अनुमोदन गर्न प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।
३० भदौ, काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दैछ ।
संसद् सचिवालयका अनुसार बैठक मंगलबार दिउँसो १ बजे बस्ने छ ।
बैठकमा परराष्ट्र मन्त्रालय र भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसम्बन्धी मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले उत्तर दिने कार्यसूची छ ।
यसैगरी बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले ‘एसियाली विधायिकी संस्थाहरूको परिषद्को सदस्यता प्राप्त गर्नेसम्बन्धी सम्मिलनमाथि नेपाल सरकारले आफ्नो हकमा स्पष्ट गरेको घोषणासहित अनुमोदन गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4