+
+
Shares

अबु ओसामासमेत हमासका पाँच सदस्य मारिएको इजराइली सेनाको दाबी

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ३० गते ११:१६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • इजरायली सेनाले गाजामा चलाइएको अभियानका क्रममा हमासका कमाण्डरसहित ५ सदस्य मारेको दाबी गरेको छ ।
  • इजरायली सेना र शिन बेटले पछिल्लो समय गाजामा ‘आतंकवाद विरोधी कारबाही’ तीव्र पारेका छन् ।
  • बीबीसीका अनुसार इजरायली निशानामा हमासका सैन्य कमान्डर अहमद अल–बत्श परेका थिए ।

३० भदौ, काठमाडौं । इजरायली सेनाले गाजा क्षेत्रमा चलाइएको अभियानका क्रममा हमासका पाँच सदस्य मारेको दाबी गरेको छ ।

गाजा क्षेत्रमा हमासविरुद्ध जारी सैन्य अभियानका क्रममा सोमबार कमाण्डरसहित पाँच सदस्य मारेको दाबी सेनाले गरेका हो ।

‘द टाइम्स अफ इजरायल’का अनुसार इजरायली सेना र आन्तरिक सुरक्षा एजेन्सी शिन बेटले पछिल्लो समय गाजामा ‘आतंकवाद विरोधी कारबाही’ तीव्र पारेको छ ।

इजरायली सेनाको निशानामा परेका हमासका सैन्य कमान्डर अहमद अल–बत्श रहेको बीबीसीमा प्रकाशित समचारमा उल्लेख छ ।

‘उनलाई अबु ओसामाका नामबाट पनि चिनिन्थ्यो,’ समाचारमा भनिएको छ, ‘हमाससँग सम्बन्धित समाचार स्रोतले पनि उनको मृत्युको पुष्टि गरेको छ ।’

इरानको फार्स न्युज एजेन्सीले सोमवार राति ‘गाजा अल–आन’ को हवाला दिँदै अहमद अल–बत्श हमासको सशस्त्र युनिट ‘इज्ज अल–दीन अल–कस्साम’ ब्रिगेडका कमान्डर रहेका बताएको छ ।

न्युज एजेन्सीले पनि एक इजरायली हवाई हमलामा उनको मृत्यु भएको उल्लेख छ । अल जजिराले पनि अहमद अल–बत्शको हत्या गाजा सिटीको उत्तरमा पर्ने अल–सफ्तावी स्ट्रीटमा एक कारलाई निशाना बनाएर गरिएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?