+
+
Shares

उच्च अदालतमा तीन न्यायाधीशको सिफारिस

न्यायपरिषद्ले उच्च अदालतमा तीनजना न्यायाधीशको नाम सिफारिस गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ३० गते १२:०९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • न्यायपरिषद्ले सर्वोच्च अदालतका रजिष्ट्रार भद्रकाली पोखरेल, कास्कीका न्यायाधीश हिमलाल बेल्बासे र गजेन्द्रबहादुर सिंहलाई उच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको छ।
  • पोखरेललाई उच्च अदालत सुर्खेत, बेल्बासेलाई उच्च अदालत जनकपुर र सिंहलाई उच्च अदालत विराटनगरमा पदस्थापनाका लागि सिफारिस गरिएको छ।
  • न्यायपरिषद्ले ठगीन्द्र कट्टेल, रामप्रसाद भट्टराई र बाबुराम दाहाललाई सचिवमा बढुवा गरेको छ।

३० भदौ, काठमाडौं । न्यायपरिषद्ले उच्च अदालतमा तीनजना न्यायाधीशको नाम सिफारिस गरेको छ । न्यायपरिषद्ले सर्वोच्च अदालतका रजिष्ट्रार भद्रकाली पोखरेललाई न्यायाधीशको सिफारिससहित उच्च अदालत सुर्खेतमा पदस्थापनाका लागि सिफारिस गरेको छ ।

जिल्ला अदालत कास्कीका न्यायाधीश हिमलाल बेल्बासे पनि उच्च अदालतको न्यायाधीशमा सिफारिस भएका छन् । उनी उच्च अदालत जनकपुरको पदस्थापनाका लागि सिफारिस भएका हुन् ।

फैसला कार्यान्वयन निर्देशनालयका महानिर्देशक गजेन्द्रबहादुर सिंह पनि न्यायाधीशमा सिफारिस भएका छन् । उनी उच्च अदालत विराटनगरमा पदस्थापना हुनेछन् ।

न्यायपरिषदको बैठकले तीन जना सहसचिवहरू ठगीन्द्र कट्टेल, रामप्रसाद भट्टराई र बाबुराम दाहाललाई सचिवमा बढुवा गरेको छ । कट्टेल र दाहाल सर्वोच्च अदालतको रजिष्ट्रार हुनेछन् भने भट्टराई न्यायपरिषदको सचिव बन्नेछन् ।

हेर्नुहोस निर्णयहरू–

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?