News Summary
Generated by OK AI. Editorially reviewed.- लेडी गागाले फियन्से माइकल पोलान्स्कीसँग पहिलो सन्तानलाई स्वागत गरेकी छन्, र दुवैलाई पहिलोपटक बच्चासँगै सार्वजनिक रूपमा देखिएको छ।
- ‘पिपल’ म्यागजिन र ‘पेज सिक्स’ले यो जोडी पहिलोपटक अभिभावक बनेको पुष्टि गरेका छन्, तर बच्चाको जन्ममिति, नाम र लिंग सार्वजनिक गरिएको छैन।
- गागा र पोलान्स्कीले सन् २०२४ मा इन्गेजमेन्ट गरेका थिए र सन् २०१९ देखि सम्बन्धमा छन्।
लस एन्जलस । विश्वचर्चित गायिका तथा गीतकार लेडी गागा पहिलोपटक आमा बनेकी छन् । उनले फियन्से तथा व्यवसायी माइकल पोलान्स्कीसँग पहिलो सन्तानलाई स्वागत गरेकी हुन् । दुवैलाई पहिलोपटक बच्चासँगै सार्वजनिक स्थानमा देखिएको छ ।
भाइरल भइरहेका तस्बिरमा ४० वर्षीया गागा उत्तरी क्यालिफोर्नियामा पोलान्स्कीसँग हिँडिरहेको देखिएकी छन् । तस्बिरमा उनले बच्चालाई छातीमा टाँसेर बोकेकी छन् ।
‘पिपल’ म्यागजिन र ‘पेज सिक्स’ले यो जोडी पहिलोपटक अभिभावक बनेको पुष्टि गरेका छन् । यद्यपि बच्चाको जन्ममिति, नाम र लिंगबारे अहिलेसम्म जानकारी सार्वजनिक गरिएको छैन ।
गागा र पोलान्स्कीले अझै विवाह गरेका छैनन् । उनीहरूले सन् २०२४ मा इन्गेजमेन्ट गरेका थिए भने सन् २०१९ देखि सम्बन्धमा छन् । पछिल्लो समय उनीहरूले गोप्य रूपमा विवाह गरेको चर्चा चलेको थियो । तर उनीहरू निकट स्रोतले पछि दुवैको इन्गेजमेन्ट मात्र भएको र विवाह नभएको पुष्टि गरेका थिए ।

अप्रिलमा ‘मायम बल’ टुर सकिएपछि गागा पछिल्ला केही महिना सार्वजनिक गतिविधिबाट धेरै हदसम्म टाढा थिइन् । विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका रिपोर्टमा पनि बच्चाको जन्ममिति, नाम वा लिंगबारे जानकारी दिइएको छैन ।
गागा आमा बनेको खबरपछि प्रशंसकले सामाजिक सञ्जालमा आश्चर्य र खुसी व्यक्त गरेका छन् । धेरैले ‘मदर मोन्स्टर’ भनेर चिनिने उनलाई सन्तान जन्मिएकोमा बधाई दिएका छन् ।
‘बोर्न दिस वे’की गायिका गागाले अप्रिल २०२४ मा पोलान्स्कीसँग इन्गेजमेन्ट गरेकी थिइन् । त्यही वर्ष अक्टोबरमा ‘जिमी किमेल लाइभ’मा उनले विवाह प्रस्तावबारे बताएकी थिइन् ।
यो जोडीले व्यावसायिक रूपमा पनि सहकार्य गरेको छ । पोलान्स्कीलाई गागाको सन् २०२५ को ग्रामी विजेता रेकर्ड ‘मायम’ मा लेखकका रूपमा क्रेडिट दिइएको छ । उनलाई ‘द डेभिल वेयर्स प्राडा २’ को साउन्ड ट्रयाकमा गीतको लेखकका रूपमा पनि सूचीबद्ध गरिएको छ । उक्त फिल्ममा गागाले केमियो गरेकी थिइन् ।
प्रतिक्रिया 4