+
+
Shares

संसद्‌मा उठेका विषय सम्बोधन भए नभएको ट्र्याक गर्ने सिस्टम अपरिहार्य  : सांसद पन्त

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ३० गते १३:११

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद बुद्धिप्रसाद (हरि) पन्तले संसद्‌मा उठेका विषय सम्बोधन भए वा नभएको ट्र्याक गर्ने डिजिटल सिस्टम अपरिहार्य रहेको बताए ।
  • उनले सरकारले सांसदका कुरा कति सम्बोधन गर्‍यो, कति समय लाग्छ र कति प्रगति भयो भन्ने जानकारी दिनुपर्ने बताए ।
  • पन्तले यस्तो प्रणालीले संसद्मा बोलेर केही हुँदैन भन्ने भाष्य बदल्ने र जनतामा संसद्प्रति विश्वास बढाउने बताए ।

३० भदौ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद बुद्धिप्रसाद (हरि) पन्त संसद्‌मा उठेका विषय सम्बोधन भए वा नभएकोबारे ट्र्याक गर्ने सिस्टम अपरिहार्य रहेको बताउँछन् ।

संसद्‌मा विषय उठ्ने र कहाँ पुग्यो कसैलाई थाहा नहुने अवस्थाले निरन्तरता पाए नयाँपन दिन नसकिने र संसद्को औचित्वमाथि समेत प्रश्न उठ्नसक्ने उनको आग्रह छ ।

प्रतिनिधिसभाले डिजिटल संसद्को अवधारणा अघि बढाउन खोजिरहेको छ । यस पृष्ठभूमिमा सांसद पन्तले संसद्‌मा उठेका विषय सम्बोधन भए वा नभएकोबारे र्ट्याक गर्ने सिस्टम अपरिहार्य रहेको बताएका हुन् ।

उनी भन्छन्, ‘पब्लिकको एजेन्डाहरू मज्जाले उठेको । अहिलेको सदनको सुन्दरता भनेको, ब्युटी भनेको नै सबै युवाहरू छन् र सबै ग्राउण्डमा भिजेका युवाहरू छन् । यसकारण ग्राउण्डको कुराहरू दुरुस्त रुपमा सदनमा उठेको छ ।’

संसद्‌मा विषय उठेर मात्रै नहुने र उठेको विषय सम्बोधन हुनुपर्ने उनको आग्रह छ ।

उनी भन्छन्, ‘सांसदले बोलेको कुराबारे सरकारले के कति सम्बोधन गर्‍यो, कति सम्बोधन हुने विषय हो र कति सम्बोधन हुन कति समय लाग्छ भनेर सरकारले भन्नुपर्छ । यस निम्ति डिजिटल सिस्टम अपिरिहार्य छ । यो बन्दै पनि छ ।’

अनलाइनखबरसँग कुरा गर्दै सांसद पन्तले नयाँ सरकार बनेको ६ महिनामा सबै भयो भन्न नसकिए पनि जनताका सकारात्मक सन्देश फैलाउन सकिएको बताए ।

संसद्मा सांसदले राखेका विषयमा सरकारले के निर्णय गर्‍यो, कति प्रगति भयो र कहिले सम्बोधन भयो भन्ने कुरा ट्र्याक गर्ने सिस्टम बनेपछि यसले अर्को सकारात्मक सन्देश दिने उनको भनाइ छ ।

संसद्मा बोलेर केही हुँदैन भन्ने पूरानो भाष्य बदलिने र संसद्मा बोलेका विषय सरकारले कति सम्बोधन गर्यो भनेर मुल्यांकन हुन थालेपछि संसद्मा बोल्नुपर्छ र जनताको कुरा उठाउनुपर्छ भन्ने नयाँ संस्कार विकास हुने उनको विश्वास छ ।

यसले जनतामा संसद्प्रति थप सकारात्मक सन्देश प्रवाह गर्ने र विश्जास जगाउने पनि उनको अपेक्षा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?