+
+
Shares

सल्यानमा शृङ्खलाबद्ध दुर्घटना भएको भन्दै सरकारको ध्यानाकर्षण

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ३० गते १३:४१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कम्युनिस्ट पार्टीका सांसद रमेश कुमार मल्लले सल्यानमा जीप र मोटरसाइकल दुर्घटनाबाट मानिसको ज्यान गएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्।
  • उनले घाइतेको उपचार, यात्रु बिमा, परिवारलाई राहत र श्रमिकको सामाजिक सुरक्षा प्रभावकारी कार्यान्वयन गर्न आग्रह गरेका छन्।
  • मल्लले रसुवा बाढीको खोज र उद्धार कहिले सकिन्छ भनेर प्रश्न गर्दै बालबालिकाको शिक्षा र क्षतिग्रस्त संरचनाको पुनर्निर्माणबारे सरकारसँग जवाफ मागेका छन्।

३० भदौ, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सांसद रमेश कुमार मल्लले सल्यानमा शृङ्खलाबद्ध रुपमा दुर्घटनाहरू भएको भनेर सरकारको ध्यानाकर्षण गरेका छन् ।

प्रतिनिधिसभामा आकस्मिक समयमा बोल्दै उनले रसुवा बाढीपछिको विपद्को पीडा बाँकी नै रहेका बेला सल्यानमा सृङखलाबद्ध रुपमा दुर्घटनाहरू भएको बताएका हुन् ।

उनका अनुसार जीप दुर्घटना, मोटरसाइकल दुर्घटना भएको छ र मानिसहरूको ज्यान गएको छ ।

‘घाइतेहरूको उपचार, दुर्घटनाको यात्रु बिमा, परिवारलाई राहत र श्रमिकको सामाजिक सुरक्षालाई प्रभावकारी रुपमा कार्यान्वयनको लागि सबै पक्षको ध्यानाकर्षण गराउँदछु,’ उनले भने ।

सवारी दुर्घटना न्यूनीकरणको लागि सडक पूर्वाधार, चालकको नियमित स्वास्थ्य परीक्षण, सवारीसाधनको अनिवार्य प्रावधिक जाँच, जनचेतना अभिवृद्धि गर्न आवश्यक रहेको बताए ।

जोखिम पहिचान गरेर सुधारतर्फ काम गर्न सरकारलाई उनको आग्रह छ ।

रसुवा बाढीको सन्दर्भमा पनि खोज र उद्धार कहिले सकिन्छ भनेर उनले प्रश्न गरेका छन् ।

पढाइ प्रभावित भएका बालबालिकाको शिक्षा, क्षति भएका संरचनाको पुर्ननिर्माण लगायतका विषयमा पनि सरकारसँग जवाफ मागेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?