+
+
Shares

सल्यानमा सिकार खेल्ने क्रममा एक जनाको मृत्यु, सँगै गएका ६ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन २३ गते १०:०५

२३ साउन, सल्यान । सल्यानमा सिकार खेल्ने क्रममा भरुबा बन्दुकबाट चलेको गोली लागेर एक जनाको मृत्यु भएको छ।

कालीमाटी गाउँपालिका–३ स्थित धरानी सामुदायिक वनमा शुक्रबार सिकार खेल्ने क्रममा सोही गाउँपालिका-२ बराहडुंगाका करिब ६२ वर्षीय टोपबहादुर पुनमगरको मृत्यु भएको हो ।

प्रहरीका अनुसार पुनमगर साथीहरूसँग सिकार खेल्न जंगल गएका थिए। सिकार खेल्ने क्रममा उनीहरूले बोकेको भरुवा बन्दुकबाट गोली चलेको थियो। गोली पुनमगरको पेटको तल्लो भाग र कम्मरमा लागेको थियो । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनाको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय कालीमाटीबाट खटिएको प्रहरी टोलीले सँगै सिकार खेल्न गएका ६ जनालाई पक्राउ गरेको छ ।

कालीमाटी गाउँपालिका–३ बल्लेका ५६ वर्षीय मानबहादुर विक, ४३ वर्षीय जुद्रबहादुर रेउले, ३२ वर्षीय खुमेन्द्रबहादुर रेउले, ३५ वर्षीय सेईतराम थापा र ५९ वर्षीय कुलबहादुर बुढाथोकी र कालीमाटी गाउँपालिका–२ बराहडुंगाका ७२ वर्षीय पदमबहादुर श्रीस मगर पक्राउ परेका छन् ।

घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?