+
+
Shares

सल्यानमा स्वास्थ्य संकट छ : सांसद मल्ल

प्रतिनिधि सभाको आजको बैठकको शून्य समयमा बोल्दै उनले सल्यानमा स्वास्थ्य सेवाको समस्याका बारेमा सरकारको ध्यानाकर्षण गराएका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ ६ गते १६:०१

६ जेठ, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सांसद रमेश कुमार मल्लले सल्यानमा स्वास्थ्य पूर्वाधार, उपकरण र विशेषज्ञ चिकित्सकको अभावमा स्वास्थ्य सेवाको समस्या गम्भीर बन्दै गएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधि सभाको आजको बैठकको शून्य समयमा बोल्दै उनले सल्यानमा स्वास्थ्य सेवाको समस्याका बारेमा सरकारको ध्यानाकर्षण गराएका हुन् ।

केही समयअघि सल्यान जिल्ला अस्पतालमा सुत्केरी व्यथाले छट्पटिएकी महिलालाई ‘विशेषज्ञ चिकित्सक उपलब्ध छैन’ भन्दै अस्पतालको गेटबाटै फर्काइएको घटना सार्वजनिक भएको उल्लेख गरे। उनले उक्त घटनालाई सल्यानको समग्र स्वास्थ्य समस्याको कारुणिक चित्रका रूपमा व्याख्या गरे ।

उनका अनुसार सात जना विशेषज्ञ चिकित्सकको दरबन्दी रहेको जिल्ला अस्पताल अहिले एक जना चिकित्सकको भरमा सञ्चालन भइरहेको छ । अस्पतालको पूर्वाधार निर्माणको काम व्यवस्थापकीय कमजोरी, सरकारी उदासीनता र निर्माण व्यवसायीको गैरजिम्मेवारपनका कारण अलपत्र परेको उनले बताए । आवश्यक उपकरण अभावका कारण सामान्य शल्यक्रियासमेत प्रभावित भइरहेको उनको भनाइ थियो ।

मल्लले प्रत्येक पालिकामा १५ शैयाको आधारभूत अस्पताल बनाउने सरकारी घोषणा पनि अधिकांश ठाउँमा अलपत्र रहेको बताए । उनले दुई पटक विज्ञापन गर्दा समेत कर्णाली प्रदेशमा ७६ जना विशेषज्ञ चिकित्सकको दरबन्दी खाली रहनु दु:खद भएको उल्लेख गर्दै यसको जिम्मेवारी कसले लिने भन्दै प्रश्न गरे ।

तत्कालका लागि नेपाल सरकारको छात्रवृत्तिमा अध्ययन गरी फर्किएका विशेषज्ञ चिकित्सकलाई प्रदेश सरकारमार्फत जिल्ला अस्पतालमा खटाउने व्यवस्था गर्न उनले सभामुखमार्फत सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?