+
+
Shares

सल्यानमा रोपाइँको चटारो (तस्वीरहरु) 

आकाशे वर्षा र सिँचाइ सुविधा भएका क्षेत्रमा रोपाइँले गति लिएको छ भने केही ठाउँमा अझै पर्याप्त वर्षाको प्रतीक्षा भइरहेको छ।

अमृत बाबु बुढाथोकी अमृत बाबु बुढाथोकी
२०८३ असार २ गते १०:०५

२ असार, काठमाडौं । सल्यानमा यस वर्ष धान रोपाइँको चहलपहल सुरु भएको छ। जिल्लाका विभिन्न गाउँबस्तीका खेतबारीमा किसानहरू हिलोमा पस्दै धान रोप्न व्यस्त देखिन थालेका छन्।

आकाशे वर्षा र सिँचाइ सुविधा भएका क्षेत्रमा रोपाइँले गति लिएको छ भने केही ठाउँमा अझै पर्याप्त वर्षाको प्रतीक्षा भइरहेको छ।

अहिले खेतका गराहरूमा रोपाइँको तयारी गर्ने किसानहरुको भिड देखिन्छ । यसले गाउँघरमा रोपाइँको रौनक बढेको छ । कतै परिवार मिलेर त कतै छिमेकीसँग अर्मपर्म गर्दै किसानहरू रोपाइँमा जुटेका छन् ।

धान खेती सल्यानको प्रमुख खाद्यान्न बालीमध्ये एक हो । जिल्लामा वार्षिक करिब ६ हजारदेखि ७ हजार हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको कृषि कार्यालयको तथ्यांक छ । पछिल्ला वर्षहरूमा सल्यानमा करिब २८ हजार मेट्रिकटन बढि धान उत्पादन हुँदै आएको छ । सिँचाइ सुविधा, उन्नत बीउ र अनुकूल मौसम भए उत्पादन अझ बढ्ने देखिन्छ ।

वर्षदिनभरि परिवारको खाद्य सुरक्षासँग जोडिएको धान रोपाइँ किसानका लागि केवल कृषि कर्म मात्र नभई उत्साह, श्रम र परम्पराको पर्व पनि बनेको छ । रोपाइँका बेला खेतमै रमाइलो, हाँसो र सामूहिक श्रमले गाउँघरको माहोल थप जीवन्त बनेको देखिन्छ ।

जिल्लाका मर्मपरिकाँडा, वनगाड जिउला, गरी जिउला, रेशम जिउला, कालिमाटी रामपुर, काल्चे काप्रेचौरलगायत क्षेत्र धानको पकेट क्षेत्रका रूपमा लिने गरिन्छ । सल्यान हालसम्म खाद्यान्नमा आत्मनिर्भर जिल्लामा पर्दछ ।

               

लेखक
अमृत बाबु बुढाथोकी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?