+
+
Shares

कोठा खोजिदिने कार्यालयले विभेद गरेको भन्दै सांसदले संसद्‌मै सुनाइन् संवादको अडियो

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ३० गते १३:५७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रतिनिधिसभामा सांसद पार्वती बिकले कोठा खोजिदिने एक निजी कम्पनीले विभेद गरेको भन्दै अडियो सुनाएकी छन् ।
  • उनले जातका आधारमा छुवाछुत र विभेद नयाँ ढंगले भइरहेको भन्दै सरकारले विभेद गर्नेलाई छिटो कारबाही गर्नुपर्ने बताइन् ।
  • सभामुख डोलप्रसाद अर्यालले अडियो र भिडियो नसुनाएर आफ्नो कुरा राख्न आग्रह गरेका थिए ।

३० भदौ, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीकी सांसद पार्वती बिकले कोठा खोजिदिने कार्यालयले विभेद गरेको भन्दै संसद्मै संवादको सुनाएकी छन् ।

प्रतिनिधिसभामा आकस्मिक समयमा बोल्दै उनले सुरुमा १५० दिनदेखि दीपा नेपालीले माइतीघर मण्डलामा ‘सरकार कोठा खै !’ भनेर अनशन गरेको स्मरण गरिन् ।

जातका आधारमा गरिने छुवाछुत र विभेदविरुद्ध दलत समुदायका केही अगुवाहरू पीडा बचाउन नसकेर लडिरहेको अवस्थामै विधेदकमा स्वरुप नयाँ–नयाँ ढंगले विकसित भइरहेको बताइन् ।

‘भर्खरैमात्र…एउटा प्राइभेट कम्पनीले जो कोठा खोजिदिने अफिस हो । त्यसले गरेको विभेद सुनाउन चाहन्छु,’ भनेर उनले संवादको अडियो बोलिरहेको माइकमा सुनाएकी हुन् ।

अडियोमा के भनिएको प्रष्ट सुनिँदैन् । तर उनले त्यहाँ रहेको संवादको व्यख्या गर्दै यस्ता विषयले झन पीडा थप्ने बताइन् ।

सभामुख डोलप्रसाद अर्यालले अडियो र भिडियो नसुनाएर आफ्नो कुरा राख्न आग्रह गरे ।

त्यसपछि सांसद विकले विभेद गर्नेलाई सरकारले छिटो भन्दा छिटो कारबाही हुनुपर्ने बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?