News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद पुकार बमले भोटेकोशी बाढीबाट काठमाडौं क्षेत्र नम्बर ४ का नागरिक र आफन्त पनि प्रभावित भएको बताए ।
- उनले प्रभावितलाई प्रशासनिक झन्झटबाट मुक्त गराउन र क्षतिपूर्ती, बीमा, राहत वितरण, मृत्यु दर्तामा लचिलो हुन आग्रह गरे ।
- बमले विपद्मा एकल महिला र पहुँचविहीन नागरिक बढी मारमा परेको भन्दै सरकारले उनीहरूको अपनत्व लिनुपर्ने बताए ।
३० भदौ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद पुकार बमले भोटेकोशी बाढीबाट काठमाडौं क्षेत्र नम्बर ४ का नागरिक र आफन्त पनि प्रभावित भएको बताएका छन् ।
आफू प्रभावित परिवारसँग भेटेर आएको भन्दै उनले प्रतिनिधिसभाको बैठकमा यस्तो बताएका हुन् ।
प्रभावितलाई भेट्दा देखेको दृश्य भन्दै उनले सबैभन्दा पहिले प्रभावित नागरिकलाई प्रशासनिक झन्झटबाट मुक्त गराउनुपर्ने बताए ।
‘शारिरीक, मानसिक र मनोवैज्ञानिक आघातमा परेका नागरिकमाथि प्रशासनिक झण्झट थपिँदा उनीहरूले राज्य भएको अनुभूति कसरी गर्ने ?,’ उनको प्रश्न छ ।
क्षतिपूर्ती, बीमा, राहत वितरण, मृत्यु दर्ता लगायतका प्रक्रियामा लचिलो र मानवीय हुनुपर्ने उनको आग्रह छ ।
विपद्मा ठूलो मारमा एकल महिला र राज्य समक्ष पहुँच नभएका नागरिक परेको बताए ।
पहुँचविहीन नागरिकको अपनत्व सरकारले लिनुपर्ने आग्रह गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4