+
+
Shares

स्टार्टअपका लागि क्लासिक टेकको एसएमई प्रो म्याक्स, इन्टरनेटमा ४० प्रतिशतसम्म छुट

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ३० गते १८:४६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • क्लासिक टेकले साना तथा मझौला व्यवसाय र स्टार्टअपलाई लक्षित गर्दै ‘एसएमई प्रो म्याक्स’ इन्टरनेट प्याकेज सार्वजनिक गरेको छ।
  • पाँच वर्षभित्र स्थापना भएका स्टार्टअपले यस प्याकेजमा १ जीबीपीएस इन्टरनेट, १ टीबी डेटा र सार्वजनिक आईपी सेवामा ४० प्रतिशतसम्म छुट पाउनेछन्।
  • प्याकेजमा वाईफाई सिक्स राउटर, निःशुल्क सर्वे, इन्स्टलेसन र सेटअप सेवा पनि उपलब्ध हुने कम्पनीले जनाएको छ।

३० भदौ, काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले साना तथा मझौला व्यवसाय (एसएमई) तथा स्टार्टअपलाई लक्षित गर्दै ‘एसएमई प्रो म्याक्स’ इन्टरनेट प्याकेज सार्वजनिक गरेको छ।

कम्पनीका अनुसार पाँच वर्षभित्र स्थापना भएका स्टार्टअपले यस प्याकेजअन्तर्गत १ जीबीपीएस इन्टरनेट गति, १ टीबी डेटा र पब्लिक आईपी सेवामा ४० प्रतिशतसम्म विशेष छुट पाउनेछन्।

प्याकेजमा ग्राहकले वाईफाई सिक्स राउटर निःशुल्क प्राप्त गर्नुका साथै निःशुल्क सर्वे, इन्स्टलेसन र सेटअप सेवा पनि पाउने कम्पनीले जनाएको छ।

नयाँ तथा विस्तारको चरणमा रहेका व्यवसायलाई भरपर्दो, उच्च गतिको र किफायती नेटवर्क समाधान उपलब्ध गराउने उद्देश्यले प्याकेज ल्याइएको क्लासिक टेकको भनाइ छ।

‘एसएमई प्रो म्याक्स’ प्याकेजसम्बन्धी थप जानकारी तथा सदस्यताका लागि ९८०२६२२३०३ मा सम्पर्क गर्न वा कर्पोरेट एट द रेट क्लासिक डट कम डट एनपीमा इमेल गर्न सकिने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार प्याकेजमा सर्तहरू लागु हुनेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?