+
+
Shares

बैतडीमा जिप दुर्घटना हुँदा २० जना घाइते, ४ गम्भीर

मेलौली नगरपालिका–१ मेलौलीबाट सोही वडाको झुसिल बजारतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०२–००१ ज ६३० नम्बरको जिप मंगलबार साँझ दुर्घटनामा परेको हो।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ३१ गते ७:०१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मेलौली नगरपालिका–१ बुढाकाफलकोटमा जिप दुर्घटना हुँदा २० जना घाइते भएका छन्।
  • घाइतेमध्ये १३ जनालाई डडेल्धुरा अस्पताल पठाइएको छ भने सात जनालाई उपचारपछि डिस्चार्ज गरिएको प्रहरीले जनाएको छ।
  • मेलौलीबाट झुसिल बजारतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०२–००१ ज ६३० नम्बरको जिप अनियन्त्रित भएर दुर्घटना भएको हुन सक्ने प्रहरीले आशंका गरेको छ।

३१ भदौ, बैतडी । बैतडीको मेलौली नगरपालिका–१ बुढाकाफलकोटमा जिप दुर्घटना हुँदा २० जना घाइते भएका छन्।

मेलौली नगरपालिका–१ मेलौलीबाट सोही वडाको झुसिल बजारतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०२–००१ ज ६३० नम्बरको जिप मंगलबार साँझ दुर्घटनामा परेको हो।

दुर्घटनाका घाइते भएका मध्ये १३ जनालाई थप उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको छ ।

अन्य सात जनाको मेलौली प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारपछि डिस्चार्ज गरिएको प्रहरीले जनाएको छ।

गाडी अनियन्त्रित भएर दुर्घटना भएको हुने सक्ने आशंका प्रहरीले गरेको छ ।

दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?