३१ भदौ, काठमाडौं । संघीय संसद सचिवालयले डिजिटल पार्लियामेन्ट परियोजनाको सुरुआत गर्दैछ । यस निम्ति आज बिहान १० बजेट सिंहदरवारमा कार्यक्रम नै राखिएको छ ।
डिजिटल पार्लियामेन्ट परियोजना समन्वय तथा सहजीकरण समितिले आयोजना गरेको कार्यक्रममा यसको अवधारणाबारे विस्तृत जानकारी दिइनेछ ।
संसद् सचिवालयका अनुसार संसदीय सूचना, सेवा, अभिलेख, गतिविधि लगायतका काम कारवाहीहरू थप व्यवस्थित बनाउन यो अवधारणा ल्याइएको हो ।
संसद्सँग सम्बन्धित गतिविधिलाई सहज, प्रभावकारी, पारदर्शी बनाउँदै एकीकृत अभिलेखीकरण एवम् सहज पहुँच सुनिश्चित गर्ने लगायतका उद्देश्यले डिजिटल पार्लियामेन्ट प्लेटफर्म थालनी गरिएको हो
सभामुख डोलप्रसाद अर्याल र राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालबाट यसको संयुक्त रूपमा उद्घाटन गर्ने कार्यक्रम छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सचेतक प्रकाशचन्द्र परियारका अनुसार डिजिटल संसद्को अवधारणा लागू भएपछि संसदीय गतिविधि थप पारदर्शी र जनमैत्री हुने विश्वास छ ।
उनी भन्छन्, ‘बुधवारबाट परीक्षण सञ्चालनमा ल्याउन लागिएको ‘डिजिटल पार्लियामेन्ट प्लेटफर्म’ ले संसदको अभिलेख,ईतिहास, दैनिक सञ्चालन, सांसदको प्रस्तुती, प्रश्न र प्रकृयालाई अझ प्रभावकारी बनाउने आशा छ ।’
उनका अनुसार परम्परागत शैलीलाई समयानुकुल संशोधन गर्दै प्रतिनिधिसभा र संसदीय समितिका कामकारबाहीलाई प्रविधिको व्यापक सदुपयोगले अझ ब्यवस्थित, अझ जवाफदेही, अझ जनमैत्री, अझ पारदर्शी बनाउन डिजिटल प्लेटफर्मको परीक्षण गर्न लागिएको हो ।
उनी थप्छन्,‘डिजिटल पार्लियामेन्ट’ को मर्म “सभा, समिति र सचिवालयको कामकारबाही, अभिलेख, गतिबिधिलाई प्रविधिको भरपूर उपयोग गर्दै आधुनिकिरणको अभ्यास हो ।’
डिजिटल प्लेटफर्म अन्तर्गत यो एउटा बुहुतै उपयोगी एप्लिकेशन हुन सक्छ । पछि एपको समेत विस्तार गरिनेछ ।
सचेतक परियारका अनुसार अहिले ‘डिजिटल प्लेटफर्मभित्र वेब पेज र त्यस भित्र एप्लिकेसन हुनेछ । परीक्षण अवधि पहिले संसद सचिवालयका निश्चित कर्मचारी र केही सांसदका लागि मात्रै ब्यवस्था हुन्छ ।
अहिले चालू वेबसाईटमा समेत अधिक सूचना छ । सांसदहरूले बोलेको कुरा अहिले भिडीयोमै उपलब्ध हुन्छ । अब अक्षरमा पनि उतार्ने लक्ष्य छ ।
संसद्को ई हाजिरी, सांसदको पूर्ण प्रोफाइल पनि अब डिजीटल्ली हेर्न सकिन्छ ।
उनी भन्छन्, ‘सांसदले उठाएको सवाल सम्बन्धित मन्त्रालय र सरोकारवालाहरुसम्म डिजटल्ली पुराउने र त्यसलाई सम्बोधन गर्न सकिने बिकल्पको खोजी डिजीटल्ली गरिएको हो ।’
यस अन्तर्गत पहिलो चरणको परीक्षण अभ्यासबाट फ्रेण्डली बनाउँदै परिणाममुखी बनाउन थप सुझावहरु सदिने र विज्ञहरुको साथ र सहयोग पनि लिइने परियारले जानकारी दिए ।
प्रतिक्रिया 4