News Summary
Generated by OK AI. Editorially reviewed.- अमेरिकामा कार्यरत नेपाली चिकित्सक डा. निपेन कट्टेलले म्युजिक भिडिओसहित नयाँ गीत ‘तिमी नबोल्दा’ सार्वजनिक गरेका छन्।
- पप शैलीको गीतमा डा. कट्टेलकै शब्द, संगीत र स्वर छ, र यसको संगीत संयोजन तथा निर्माण सुवास सेन्चुरीले गरेका हुन्।
- गीतको भिडियो लक्ष्मण अधिकारीले निर्देशन गरेका हुन् भने राम अधिकारीले छायांकन र सम्पादन गरेका हुन्।
काठमाडौं । अमेरिकामा कार्यरत नेपाली चिकित्सक डा. निपेन कट्टेलले नयाँ गीत ‘तिमी नबोल्दा’ सार्वजनिक गरेका छन् । हालै म्युजिक भिडीयो सहित सार्वजनिक गरिएको यस गीतले आत्मीय सम्बन्ध र मनभित्रै दबिएर रहने अव्यक्त अनुभूतिहरूको कथा बोलेको छ ।
पप शैलीमा तयार पारिएको गीतमा डा. कटेलकै शब्द, संगीत र स्वर रहेको छ । गीतको संगीत संयोजन तथा निर्माण सुवास सेन्चुरीले गरेका हुन् । अमेरिकाको ओहायोस्थित कोलम्बसमा रहेको एसएम स्टुडियोमा गीत रेकर्ड गरिएको हो । गीतलाई निपेनको आफ्नै युट्युब च्यानल निपेन कटेलबाट सार्वजनिक गरिएको छ ।
गीतको म्युजिक भिडियो लक्ष्मण अधिकारीले निर्देशन गरेका हुन् । भिडियो अमेरिकामै निर्माण भएको हो । राम अधिकारीले छायांकन तथा सम्पादन गरेको भिडियोमा निपेन कट्टेः र नवकलाकार वर्षा घिमिरेको अभिनय देख्न सकिन्छ । भिडियोका अधिकांश दृश्य कोलम्बस आसपासका रमणीय स्थानमा छायांकन गरिएको छ ।
ओहायोको कोलम्बस नजिकै ब्ल्याकलिकमा बसोबास गर्दै आएका डा. कट्टेल ओहायोकै न्यु अल्बानीस्थित माउन्ट कार्मेल क्लिनिकमा प्राइमरी केयर चिकित्सकका रूपमा कार्यरत छन् । चिकित्सा पेसामा सक्रिय रहँदै आएका उनले गीत–संगीतलाई पनि निरन्तरता दिँदै आएका छन्।
यसअघि उनले सार्वजनिक गरेको ‘माया देऊ मलाई’ गीतले श्रोतामाझ राम्रो चर्चा पाएको थियो । सन् २०२५ मा उनले ‘मेरो हात समाऊ’ बोलको लिरिकल गीतसमेत सार्वजनिक गरेका थिए ।
सन् २०१६ मा जर्जियाको एटलान्टामा बस्दादेखि नै गायनमा सक्रिय निपेनले करिब एक दशकअघि चारवटा गीत रेकर्ड गराएका थिए । विशेषगरी पप शैलीका गीत गाउन रुचाउने उनी पछिल्ला वर्षहरूमा नियमित रूपमा नयाँ सिर्जना सार्वजनिक गर्दै आएका छन् ।
प्रतिक्रिया 4