+
+
Shares

प्रधानमन्त्रीसँग जापानी राजदूतको भेटवार्ता

भेटवार्ताका क्रममा नेपाल–जापान आपसी सम्बन्धका विविध आयामहरूमा भइरहेको सहकार्यका बारेमा पनि छलफल भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ३१ गते १८:४६

३१ भदौ, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहसँग नेपालका लागि जापानी राजदूत माइदा तोरुले बुधबार शिष्टाचार भेटवार्ता गरेका छन् ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‍को कार्यालयमा प्रधानमन्त्री बालेनसँग जापानी राजदूत तोरुले भेटवार्ता गरेका हुन् ।

भेटका क्रममा प्रधानमन्त्रीज्यूले विपद्को यस परिस्थितिमा नेपाल सरकार तथा बाढी प्रभावित नागरिकप्रति जापान सरकारले देखाएको सद्भाव, सहयोग र ऐक्यबद्धताका लागि आभार व्यक्त गरे ।

यस्तै, राजदूत तोरुले दु:खको यस घडीमा संवेदना प्रकट गर्दै जापान सरकारले नेपाललाई विपद्पछिको  पुनर्स्थापना तथा पुनर्निर्माणमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

भेटवार्ताका क्रममा नेपाल–जापान आपसी सम्बन्धका विविध आयामहरूमा भइरहेको सहकार्यका बारेमा पनि छलफल भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?