+
+
Shares

फ्रन्टलाइन कर्मचारीबाट एसियन पेन्ट्स नेपालको पहिलो नेपाली प्रमुखसम्म बराल

दीपक बरालले सन् २००३ मा एसियन पेन्ट्समा फ्रन्टलाइन कर्मचारीका रुपमा काम गर्न थालेका थिए । दुई दशकपछि बहुराष्ट्रिय कम्पनीको नेपाल प्रमुखको जिम्मेवारीमा पुगे, सो पदमा पुग्ने उनी पहिलो नेपाली हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १ गते १४:१८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • एसियन पेन्ट्स नेपालले सन् २००३ देखि कम्पनीमा काम गर्दै आएका दीपक बराललाई नेपाल बजारको नेतृत्व जिम्मेवारी दिएको छ।
  • बरालले यसअघि अघिल्लो महिना अगस्ट २०२६ सम्म कम्पनीको सेल्स एन्ड मार्केटिङ प्रमुखको जिम्मेवारी सम्हालेका थिए।
  • एसियन पेन्ट्स नेपालमा नेपाल बजार नेतृत्व गर्ने पहिलो नेपाली नागरिक बराल बनेका छन्।

१ असोज, काठमाडौं । सन् २००३ मा एसियन पेन्ट्स नेपालमा फ्रन्टलाइन कर्मचारीका रूपमा व्यावसायिक यात्रा सुरु गरेका दीपक बरालले त्यही संस्थाको नेपाल बजार नेतृत्व गर्ने जिम्मेवारी पाएका छन् ।

दुई दशकभन्दा लामो समय एसियन पेन्ट्ससँग जोडिएर काम गरेका बरालले बिक्री, मार्केटिङ, सेल्स एक्टिभेसनलगायत विभिन्न जिम्मेवारी सम्हाल्दै नेतृत्व तहसम्मको यात्रा तय गरेका हुन् ।

बरालले अघिल्लो महिना अर्थात् अगस्ट २०२६ सम्म सेल्स एन्ड मार्केटिङ प्रमुखको जिम्मेवारी सम्हाल्दै आएका थिए । कम्पनीमा लामो समयको अनुभव र विभिन्न तहमा निर्वाह गरेको भूमिकापछि उनले अहिले एसियन पेन्ट्स नेपालको समग्र नेतृत्व सम्हाल्ने जिम्मेवारी पाएका हुन् ।

एसियन पेन्ट्स नेपालमा बरालको नियुक्तिलाई उनको व्यक्तिगत करियर यात्रासँगै नेपाली कर्पोरेट क्षेत्रका लागि पनि विशेष उपलब्धिका रूपमा हेरिएको छ । उपलब्ध विवरणअनुसार, नेपाल बजारको नेतृत्वमा यसअघि एसियन पेन्ट्सले बाहिरी मुलुकका नागरिकलाई जिम्मेवारी दिँदै आएकोमा बराल नेपाली नागरिकका रूपमा पहिलो व्यक्ति बनेका छन्।

फ्रन्टलाइनबाट नेतृत्वसम्मको यात्रा

बरालको एसियन पेन्ट्ससँगको यात्रा सन् २००३ बाट सुरु भएको हो । सुरुवाती चरणमा फ्रन्टलाइनमा रहेर काम गरेका उनले कम्पनीको व्यवसाय, बजार र ग्राहकको आवश्यकतालाई नजिकबाट बुझ्ने अवसर पाए ।

त्यसपछि बिक्री तथा मार्केटिङका विभिन्न जिम्मेवारीमा काम गर्दै उनी क्रमशः व्यवस्थापकीय भूमिकामा पुगे । बजार विस्तार, बिक्री प्रवर्द्धन र ब्रान्डसँग सम्बन्धित विभिन्न जिम्मेवारी सम्हाल्दै उनी सेल्स एन्ड मार्केटिङ प्रमुखको भूमिकामा पुगेका थिए ।

त्यसबीचमा उनले केही समय अन्य कम्पनीहरूको उच्च व्यवस्थापनमा रहेर पनि काम गरेका थिए । सन् २०२४ मा उनी एसियन पेन्ट्सको सेल्स एन्ड मार्केटिङ प्रमुख बनेर पुनः आफूले मेहनत गरेको संस्थामा फर्किएका थिए ।

एकै संस्थामा प्रवेशको सुरुवाती तहदेखि नेतृत्व तहसम्म पुगेको उनको करियर यात्रालाई नेपाली कर्पोरेट क्षेत्रमा लामो व्यावसायिक अनुभव र निरन्तरताको उदाहरणका रूपमा लिन सकिन्छ ।

अब नेपालको पेन्ट्स बजारमा नयाँ जिम्मेवारी

नेपालको पेन्ट्स बजारमा स्थापित बहुराष्ट्रिय ब्रान्डका रूपमा रहेको एसियन पेन्ट्सको नेपाल व्यवसायलाई आगामी दिनमा अझ विस्तार गर्ने जिम्मेवारी अब बरालको काँधमा आएको छ । उपभोक्ताको बदलिँदो रोजाइ, बजारमा बढ्दो प्रतिस्पर्धा, नयाँ उत्पादन तथा प्रविधिको प्रयोग र बजार विस्तार उनका नेतृत्वसामु रहने प्रमुख विषय हुन् ।

दुई दशकभन्दा लामो समय एसियन पेन्ट्समा बिताएका बरालसँग कम्पनीको नेपाल बजार, बिक्री संरचना, ग्राहक र बजारको गतिशीलताबारे प्रत्यक्ष अनुभव छ । यही अनुभवलाई आगामी नेतृत्वमा उपयोग गर्दै उनले नेपाली बजारमा कम्पनीलाई थप उचाइमा पुर्याउने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?