+
+
Shares

कांग्रेस दाइभाइवाला पार्टी हो, तिखा टिप्पणीलाई व्यक्तिगत रूपमा नलिऔं : गगन थापा

‘मैले कहिलेकाहीँ बोल्दैगर्दा कसैको बारेमा तिखो टिप्पणी गरेको होला, कसैले मेरो बारेमा तिखो टिप्पणी गरेको होला । हामी कहिले पनि त्यो कुरालाई व्यक्तिगत रुपमा लिने गरेको छैन,’ उनले भने ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १ गते १५:१८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले केन्द्रीय कार्यसमिति बैठकमा तिखा टिप्पणीलाई व्यक्तिगत रुपमा नलिन आग्रह गरेका छन्।
  • थापाले पार्टीलाई दाइभाइवाला र एउटै परिवारका रूपमा लिनुपर्ने भन्दै असमझदारीलाई सौहार्दपूर्ण छलफलबाट अघि बढाउनुपर्ने बताए।
  • उनले आफूबाट र अरू साथीहरूबाट पनि कहिलेकाहीँ ठेस लाग्ने कुरा हुने भएकाले त्यसलाई सामान्य रूपमा लिनुपर्ने उल्लेख गरे।

१ असोज, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले पार्टी जीवनमा कहिलेकाहीँ ठेस लाग्ने भन्दै बोल्दैगर्दा भएका तिखा टिप्पणीलाई व्यक्तिगत रुपमा नलिन आग्रह गरेका छन् ।

पार्टी केन्द्रीय कार्यालयमा आयोजित केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्दै उनले यस्तो आग्रह गरेका हुन् ।

‘मैले कहिलेकाहीँ बोल्दैगर्दा कसैको बारेमा तिखो टिप्पणी गरेको होला, कसैले मेरो बारेमा तिखो टिप्पणी गरेको होला । हामी कहिले पनि त्यो कुरालाई व्यक्तिगत रुपमा लिने गरेको छैन,’ उनले भने ।

उनले नेपाली कांग्रेस दाइभाइवाला पार्टी भएको र एउटै परिवारका रुपमा लिन आग्रह गरे ।

‘हाम्रो पार्टी दाइभाइवाला पार्टी हो । हाम्रो पार्टी परिवार हो । एउटै परिवार हो । परिवारमा सँगै बस्दा कहिलेकाहीँ ठेस लाग्छ,’ थापाले भनेका छन्, ‘मबाट पनि भयो होलान्, अरु साथीहरूबाट पनि भए होलान् । यी सामान्य कुरा हुन् । यसलाई सौहार्द बनाउँदै छलफल गर्दै लाने कुरा हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?