News Summary
Generated by OK AI. Editorially reviewed.- बझाङको साइपाल गाउँपालिका–५ न्युना गाउँको भिरबाट लडेर गम्भीर घाइते भएकी महिलाको उद्धारका लागि नेपाली सेनाको हेलिकोप्टर परिचालन गरिएको छ ।
- पूर्वाधार विकासमन्त्रीको पहलमा विपद् व्यवस्थापन निकायसँग समन्वय गरी घाइतेलाई नेपालगन्जतर्फ लैजाने तयारी गरिएको छ ।
- जिल्ला प्रशासन कार्यालय बझाङले घाइतेको उद्धारका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई हेलिकोप्टर उपलब्ध गराउन पत्र पठाएको थियो ।
१ असोज, काठमाडौं । बझाङको साइपाल गाउँपालिका–५ स्थित न्युना गाउँको भिरबाट लडेर गम्भीर घाइते भएकी महिलाको उद्धारका लागि नेपाली सेनाको हेलिकोप्टर परिचालन गरिएको छ ।
पूर्वाधार विकासमन्त्रीको पहलमा विपद् व्यवस्थापन निकायसँग समन्वय गरी घाइतेको उद्धार प्रक्रिया अघि बढाइएको हो ।
भिरबाट लडेर घाइते भएकी महिलाको करङमा चोट लागेको छ । गम्भीर अवस्थामा रहेकी उनलाई सदरमुकाम चैनपुरसम्म स्ट्रेचरमा ल्याउन दुई दिनसम्म लाग्न सक्ने भएकाले हेलिकोप्टरमार्फत उद्धार गर्न ऐन महरले पुर्वाधार विकास मन्त्री सुनिल लम्साललाई पहल गरिदिन आग्रह गरेका थिए ।
उद्धारका लागि सुर्खेत बेसबाट नेपाली सेनाको हेलिकोप्टर परिचालन भएको र घाइतेलाई नेपालगन्जतर्फ ल्याउने तयारी गरिएको हो ।
यसअघि घाइतेको उद्धारका लागि जिल्ला प्रशासन कार्यालय बझाङले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई पत्र पठाउँदै हेलिकोप्टर उपलब्ध गराउन अनुरोध गरेको थियो ।
प्रतिक्रिया 4