News Summary
Generated by OK AI. Editorially reviewed.- बझाङको केदारस्यूँ गाउँपालिका–७ मा भएको जीप दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ ।
- मृत्यु हुनेमा बिमला धामी, केलादेवी महत र चक्र महत रहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।
- दुर्घटनामा १३ जना घाइते भएका छन् भने गम्भीर घाइतेलाई उद्धार गर्न हेलिकप्टर पठाइएको छ ।
२७ असार, धनगढी । बझाङको केदारस्यूँ गाउँपालिका–७, को सुङगरे क्षेत्रमा भएको जीप दुर्घटनामा परेर ज्यान गुमाएका तीन जनाको पहिचान खुलेको छ ।
जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार, ज्यान गुमाउनेहरूमा केदारस्यूँ– ७ की बिमला धामी, दुर्गाथली– ६ की ६० वर्षीया केलादेवी महत र ६० वर्षीय चक्र महत रहेका छन् ।
प्रहरीका अनुसार, दुर्घटनामा परेर घाइते हुनेको संख्या १३ पुगेको छ । जसमध्ये ७ जनाको अवस्था गम्भीर रहेको र अन्य ६ जना मध्यम घाइते भएको प्रहरीले जनाएको छ ।
अहिले घाइतेहरूको उद्धारका लागि हेलिकप्टर पठाइएको छ । जीप सडकबाट करीब ३०० मिटर तल खसेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4