News Summary
Generated by OK AI. Editorially reviewed.- असोज ३ गते ललितपुरको बलुखा टोलमा माता भैरवीबाट दशमहाविद्या परिक्रमा पूजा सुरु हुने भएको छ।
- पाटनका १० टोलका देवी मन्दिरमा चक्रिय प्रणाली अनुसार हरेक वर्ष पालो गरेर परिक्रमा पूजा गरिँदै आएको छ।
- सबै सर्वसाधारण सहभागी हुन पाउने पूजामा १४ भाग सामग्री चढाउन सकिने आयोजकले बताएका छन्।
१ असोज, काठमाडौं । असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा पुजा गरिने भएको छ । हरेक वर्ष भाद्र शुक्ल अष्टमी (काया अष्टमी) को दिन गरिँदै आएको दशमहाविद्या परिक्रमा तथा पूजा यो वर्ष असोज ३ गते ललितपुरको बलुखा टोलमा रहनुभएकी माता भैरवीबाट सुरु हुनेछ ।
यो पूजा दशमहाविद्या मन्दिर रहेको टोल समितिको आयोजना र श्री दश महाविद्या परिक्रमा पूजा व्यवस्थापन केन्द्रिय समिति अन्तर्गत गरिँदै आएको छ । पाटनका १० टोलमा अवस्थित दशमहाविद्याका देवीहरूको मन्दिरमा चक्रिय प्रणाली अनुसार प्रत्येक वर्ष पालो गरेर परिक्रमा गरिने तन्त्र चर्चा परिवारका संयोजक सन्दीप सापकोटाले बताए ।
‘स्थानीय जुन ठाउँमा देवी हुनुहुन्छ, त्यहाँ चक्रिय प्रणाली अनुसार पूजा गर्ने तथा पालो दिने चलन भएपनि पूजा गर्ने स्थानमा भने देवीहरूको क्रम अनुसार नै पूजा गरिन्छ,’ उनले भने ।
पूजा संकल्प भने टोलको विशिष्ट व्यक्तिबाट गरिन्छ भने पूजा गर्ने देवाकुल ब्राह्मण (राजोपाध्याय) द्वारा तान्त्रिक विधिबाट गरिने उनले उल्लेख गरे । यसको प्रचार प्रसार र महत्वलाई बुझाउन २०७२ सालदेखि दश टोलका स्थानीय व्यक्तिहरू डा. गजानन्द राजोपाध्याय अशोक श्रेष्ठ, लक्ष्मीनारायण कपाली, माधव मुल्मी लगायतको अगुवाइमा समिति बनाएर पूर्णचण्डीबाट चक्रिय प्रणालीबाट पूजा शुरु भएको हो । २०७२ सालभन्दा पहिले यो पूजा पूर्णचण्डी (कमला) बाट मात्र गर्ने प्रचलन थियो भने एकपटक बंगलामुखीबाट गरिएको थियो ।
दशमहाविद्यामा काली, तारा, त्रिपुरसुन्दरी (षोडशी), भुवनेश्वरी, त्रिपुरभैरवी, छिन्नमस्ता, धुमावती, बगलामुखी, मातंगी र कमला रहनेछन् । सबै सर्वसाधारणहरू सहभागी हुन पाइने यस पूजामा आफूलाई पायक पर्ने १४ भाग सामग्री (फलफूल, रोटी, दक्षिणा, वा आफूलाई मनलागेको कुरा) चढाउन सकिने सापकोटाले बताए ।
प्रतिक्रिया 4