+
+
Shares

सेमिकन इन्डिया २.०: दुई सय चिप डिजाइन स्टार्टअप र एक लाख प्राविधिक तयार पार्ने लक्ष्य

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १ गते १९:००

१ असोज, काठमाडौं। भारत सरकारले सेमिकन इन्डिया २.० कार्यक्रमअन्तर्गत कम्तीमा २०० चिप डिजाइन स्टार्टअप र कम्पनीहरूलाई समेट्ने लक्ष्य राखेको छ।

इलेक्ट्रोनिक्स र सूचना प्रविधि, रेलवे तथा सूचना तथा प्रसारण मन्त्री अश्विनी वैष्णवले बिहीबार सेमिकन इन्डिया २०२६ को उद्घाटन सत्रमा यो घोषणा गरेका हुन्।

मन्त्री वैष्णवले पहिलो चरणको सेमिकन मिशनको अनुभव सुनाउँदै भने, ‘त्यो सुरुवात मात्र थियो। यसपटक हाम्रो महत्वाकांक्षा धेरै ठूलो छ।’

पहिलो चरणमा १०५ वटा स्टार्टअपहरूले चिप डिजाइन गर्ने प्रयास गरेका थिए, जसमध्ये करिब २० वटाले ८०० करोड रुपैयाँ बराबरको भेन्चर क्यापिटल फन्डिङ प्राप्त गरेका थिए।

सेमिकन २.० अन्तर्गत भने सरकारले सेमिकनडक्टर क्षेत्रका लागि १ लाख प्राविधिक र उद्योग-तयार पेशेवरहरू तालिम गर्ने लक्ष्य पनि राखेको छ।

मन्त्री वैष्णवले सेमिकन २.० का छवटा मुख्य पिलर (स्तम्भहरू) पनि प्रस्तुत गरे। यसअन्तर्गत पहिलाे स्तम्भमा सेमिकनडक्टर आईपी, चिप्स, सिस्टम-अन-चिप्स र मोड्युलहरूको डिजाइनलाई समेटिनेछ।

दोस्रो स्तम्भ मेसिन र सामग्री हो, जसमा सेमिकनडक्टर उपकरण, मर्मत, ग्याँस र रसायनहरूको विकास गरिनेछ।

तेस्रो स्तम्भ फ्याब्रिकेसन हो, जसअन्तर्गत डिस्प्ले, मेमोरी, सिलिकन, कम्पाउन्ड र लजिक फ्याब सुविधाहरू थपिनेछन्।

चौथो स्तम्भ एडभान्स्ड प्याकेजिङ हो, जसमा थ्रीडी प्याकेजिङ एकाइहरू विस्तार गरिनेछ।

पाँचौं स्तम्भ अनुसन्धान र विकास हो। र छैटौं स्तम्भ प्रतिभा विकास हो, जसअन्तर्गत १ लाख प्राविधिकहरू तालिम गर्ने लक्ष्य राखिएको छ।

उद्योग साझेदारहरूले सेमिकन २.० मा ५ अर्ब डलर लगानी प्रतिबद्धता जनाएका छन्। सरकारले २०२६ सम्म चारवटा प्लान्ट, २०२८ सम्म एउटा फ्याब स्थापना गर्ने रोडम्याप प्रस्तुत गरेको छ।

नयाँ नीतिअन्तर्गत अन्तर्राष्ट्रिय कम्पनीहरूले अब भारतीय स्टार्टअपहरू, चिप डिजाइन फर्महरू र ओभरसिज सिटिजन अफ इन्डिया स्वामित्वका संस्थाहरूसँग प्रत्यक्ष सहयोग गर्न सक्नेछन्।

प्रधानमन्त्री नरेन्द्र मोदीले सेप्टेम्बर १७ देखि १९ सम्म नयाँ दिल्लीको यशोभूमिमा हुने तीन दिने सेमिकन इन्डिया २०२६ कार्यक्रमको उद्घाटन गरेका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?