१ असोज, धनगढी । बझाङमा कुकुरलाई सेती नदीमा खसाल्ने महिला पक्राउ परेकी छिन् । पक्राउ पर्नेमा जयपृथ्वी नगरपालिका–३ पडेस बस्ने ४२ वर्षीया विमलादेवी रोकाया रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दिपक विष्टले जानकारी दिए ।
विष्टका अनुसार रोकायालाई बिहीबार दिउँसो उनकै घरबाट पक्राउ गरिएको हो । उनलाई अहिले जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ । उनीमाथि थप अनुसन्धान भइरहेको विष्टले बताए ।
महिलाले केही दिनअघि जयपृथ्वी नगरपालिका-१० चैनपुरस्थित पानकोट पुलबाट कुकुरलाई सेती नदीमा फालेकी थिइन् । कुकुरलाई नदीमा फालेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि उनलाई प्रहरीले खोजी गरिरहेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4