+
+
Shares

जनकपुर प्रादेशिक अस्पतालमा चिकित्सकमाथि कुटपिट

प्रसूति सेवा लिन आएकी महिलाका आफन्त कुटपिटमा संलग्न रहेको आरोप

केस जटिल भएकाले उनको  शल्यक्रियामार्फत प्रसूति गराउनुपर्ने अवस्था देखिएको र सोही क्रममा विवाद भएको अस्पतालले जनाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १ गते २१:०६

१ असोज, जनकपुरधाम । जनकपुरधामको प्रादेशिक अस्पतालका एक चिकित्सक कुटिएका छन् । स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा. सरोज साहमाथि कुटपिट भएको हो ।

प्रसूति सेवा लिन आएकी एक महिलाका आफन्तहरूले चिकित्सक साहमाथि कुटपिट गरेको आरोप छ । केस जटिल भएकाले उनको  शल्यक्रियामार्फत प्रसूति गराउनुपर्ने अवस्था देखिएको र सोही क्रममा विवाद भएको अस्पतालले जनाएको छ ।

शल्यक्रिया गराउनुअघि चिकित्सकले आफन्तलाई परामर्श दिई सम्भावित हुनसक्ने जोखिमका लागि स्वीकृतिमा हस्ताक्षर गर्न आग्रह गरेपछि डा. साहमाथि कुटपिट भएको अस्पतालका सूचना अधिकारी डा. रामज्ञान यादवले जानकारी दिए ।

उनका अनुसार कुटपिट गर्ने दुई तीन युवा र दुई महिला छन् ।

‘पेसेन्टलाई सीएस गर्नुपर्ने थियो । हाईरिस्क कन्सेन्टमा साइन गर्नुपर्ने हुन्छ,’ उनले भने, ‘तर, बिरामीका आफन्तले हामी साइन गर्दैनौं भन्नुभयो । केही भए तपाईँले ग्यारेन्टी लिनुपर्छ भन्नुभयो ।’

अस्पतालको प्रोटोकलअनुसार शल्यक्रियाको क्रममा सम्भावित जोखिमहरूलाई ध्यान दिएर शल्यक्रिया गर्नुअघि बिरामीका आफन्तको हस्ताक्षर लिनु सामान्य रहेको उनले बताए ।

तर, सोही कुराको आग्रह गर्दा प्रसूति सेवा लिन आएका महिलाका आफन्तले चिकित्सकप्रति नराम्रो शब्द बोलेको सूचना अधिकारी यादवले बताए । ‘नराम्रो शब्द नबोल्न आग्रह गर्दा उहाँहरूले चिकित्सकको भिडियो बनाउँदै कुटपिट गर्न थाल्नुभयो,’ उनले भने ।

घटनापछि प्रसूति सेवा लिन आएकी महिलालाई लिएर कुटपिटमा संलग्नहरू भागेर गएको उनले बताए ।

प्रहरीले घटनामा संलग्न भएको आरोपमा एक जनालाई पक्राउ गरेको  जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी ओमप्रसाद खनालले बताए ।

कुटपिटबाट चिकित्सक साहको अनुहार तथा शरीरको विभिन्न भागमा चोट लागेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?