+
+
Shares

खेम सेन्चुरी अब फिल्मका हिरो, नारायण रायमाझीको ‘बसन्ती’ बाट डेब्यू गर्दै

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २ गते १२:०६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नारायण रायमाझीको निर्देशनमा फिल्म ‘बसन्ती’ निर्माण हुने भएको छ र यसको मुहूर्त पूजा शुक्रबार ललितपुरको कार्यविनायक मन्दिरमा गरियो ।
  • छायांकन शनिबारदेखि काठमाडौंबाट सुरू हुने जनाइएको छ, र फिल्म काठमाडौं, पाल्पा, जनकपुर, बुटवल तथा भारतमा खिचिनेछ ।
  • लोकदोहोरी गायक खेम सेन्चुरीले ‘बसन्ती’ बाट शीर्ष अभिनेताको रूपमा अभिनय डेब्यू गर्दैछन्, र यसमा टेरिया मगरसहित अन्य कलाकार रहनेछन् ।

काठमाडौं । नारायण रायमाझीको निर्देशनमा फिल्म ‘बसन्ती’ निर्माण हुने भएको छ । ‘गोर्खापल्टन’ र ‘परदेशी’ का दुई श्रृंखलापछि रायमाझीको यो तेस्रो निर्देशकीय फिचर हुनेछ ।

शुक्रबार बिहान ललितपुरको कार्यविनायक मन्दिरमा यो फिल्मको मुहूर्त पूजा गरियो । छायांकन शनिबारदेखि काठमाडौंबाट सुरु हुने जनाइएको छ ।

यो फिल्मको कास्टिङ लाइनअप रोचक देखिएको छ । चर्चित लोकदोहोरी संगीतकार तथा गायक खेम सेन्चुरीले यो फिल्मबाट शीर्ष अभिनेताको रुपमा डेब्यू गर्दैछन् । ‘ए मेरो हजुर ५’ मा पाश्र्वसंगीतकारको रुपमा डेब्यू गरिसकेका सेन्चुरीको भने यो अभिनय डेब्यू हुनेछ ।

‘बसन्ती’ को कलाकारमा सेन्चुरीसँगै टेरिया मगर, सुशील पोखरेल, तारा शर्मा, संगीता थापा, सुजनसिंह खड्का, आकाश सुहाङ, प्रशंसा शिवाकोटी, विकास राना, मनोज खड्का, विजया पौडेल र हरि अधिकारी छन् ।

निर्माता निर्देशकमा रायमाझी नै रहनेपनि पटकथा चाहिँ लोकदोहोरी संगीतकर्मी रमेश बीजी हुन् । रायमाझी र बीबी अनुरागीको संगीत यसमा हुनेछ ।

काठमाडौं, पाल्पा, जनकपुर, बुटवल र भारतमा छायांकन हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?