News Summary
Generated by OK AI. Editorially reviewed.- अविरल वर्षापछि संखुवासभा जिल्ला अस्पतालको करिब २० मिटर अग्लो र २० मिटर लामो कम्पाउण्ड वाल गएराति भत्किएको छ।
- कम्पाउण्ड वाल भत्किएपछि मित्रबहादुर गुरुङ, मौसम श्रेष्ठ र राज श्रेष्ठका तीन घर जोखिममा परेका छन्।
- पहिरोले अस्पताल परिसरको खाँदबारी खानेपानीको ट्याङ्की र वितरण लाइन पनि जोखिममा पारी ढोलवाजे क्षेत्रमा अवरुद्ध गरेको छ।
२ असोज, संखुवासभा । अविरल वर्षापछि जिल्ला अस्पताल संखुवासभाको कम्पाउण्ड वाल भत्किएको छ ।
वर्षाका कारण गएराति अस्पतालको करिब २० मिटर अग्लो र २० मिटर लामो पर्खाल भत्किएको हो ।
अस्पतालको कम्पाउन्ड वाल भत्किएपछि अस्पताल आसपासका तीन घर पनि जोखिममा परेका छन् ।
जिल्ला प्रहरी कार्यालय संखुवासभाका सूचना अधिकारी प्रहरी निरीक्षक धनबहादुर राजवंशीका अनुसार मित्रबहादुर गुरुङ, मौसम श्रेष्ठ र राज श्रेष्ठको घर जोखिममा परेका हुन् ।
वर्षा निरन्तर भइरहेकाले पर्खालको बाँकी संरचना समेत भत्किन सक्ने र थप क्षति हुनसक्ने स्थानीयले बताएका छन् ।
कम्पाउण्ड वाल कमजोर हुँदै गएको र जुनसुकै बेला भत्किन सक्ने अवस्थाबारे अस्पताल प्रशासनलाई पटक–पटक जानकारी गराइएको गुरुङले बताए ।
समयमै आवश्यक सावधानी र मर्मतसम्भार नगरिँदा अहिले पर्खाल भत्किएर घरहरू नै जोखिममा परेको स्थानीयको भनाइ छ ।
पहिरोले अस्पताल परिसरमा रहेको खाँदबारी खानेपानीको ट्याङ्की समेत जोखिममा परेको छ । पहिरोले खानेपानीको वितरण लाइन र ढोलवाजे क्षेत्रमा अवरुद्ध भएको खाँदबारी खानेपानी तथा उपभोक्ता सरसफाई संस्थाका अध्यक्ष दिब्यराज बरालले बताए ।
प्रतिक्रिया 4