News Summary
Generated by OK AI. Editorially reviewed.- चालु आर्थिक वर्षको साउनमा रेमिट्यान्स २ खर्ब १५ अर्ब ५ करोड रुपैयाँ भित्रिएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
- गत आर्थिक वर्षको सोही अवधिको तुलनामा साउनको रेमिट्यान्स २१.२ प्रतिशतले बढेको छ ।
- चालु आव साउनमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपाली ४२ हजार ६ सय ९३ र पुनः श्रम स्वीकृति लिने २७ हजार ७ सय ४८ छन् ।
२ असोज, काठमाडौं । चालु आर्थिक वर्ष पहिलो महिना साउनमा २ खर्ब १५ अर्ब ५ करोड रुपैयाँ बराबर रेमिट्यान्स भित्रिएको छ ।
यो परिमाण गत आव सोही अवधिको तुलनामा २१.२ प्रतिशतले धेरै हो । गत आव साउनमा १ खर्ब ७७ अर्ब ४१ करोड बराबर रेमिट्यान्स भित्रिएको थियो ।
त्यसैगरी गत आव कुल २३ खर्ब ६३ अर्ब रुपैयाँ बराबर रेमट्यिान्स आएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
चालु आव साउनमा अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह १०.२ प्रतिशत वृद्धि भई १ अर्ब ४० करोड पुगेको छ । गत आव सोही अवधिमा २५ प्रतिशत बढेको थियो ।
चालु आव साउनमा खुद द्वितीय आय (खुद ट्रान्स्फर) २ खर्ब २९ अर्ब ९८ करोड पुगेको छ । गत आव सोही अवधिमा यस्तो आय १ खर्ब ९३ अर्ब ८५ करोड थियो ।
चालु आव पहिलो महिना वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या ४२ हजार ६ सय ९३ र पुन: श्रम स्वीकृति लिनेको संख्या २७ हजार ७ सय ४८ छ । गत आव सोही अवधिमा यस्तो संख्या क्रमश: ४४ हजार ४ सय ६६ र २३ हजार ६ सय ४४ थियो ।
प्रतिक्रिया 4