+
+
Shares

दीपक-दीपाको ‘छ माया छपक्कै २’ दशैंको फूलपातीमा आउने

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ३ गते ८:५१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • दीपकराज गिरी र दीपाश्री निरौलाको फिल्म ‘छ माया छपक्कै २’ ३१ असोजदेखि दशैंको फूलपातीमा देशव्यापी प्रदर्शनमा आउने भएको छ।
  • निर्माताले शनिबार बिहान पोस्टर सार्वजनिक गर्दै फिल्मको प्रदर्शन मिति घोषणा गरेका हुन्।
  • दीपेन्द्र लामा निर्देशित फिल्ममा दीपक गिरी, केकी अधिकारी र सनिशा भट्टराई छन्, र यो २०१९ को ‘छ माया छपक्कै’को दोस्रो श्रृंखला हो।

काठमाडौं । दीपकराज गिरी र दीपाश्री निरौलाको आगामी फिल्म ‘छ माया छपक्कै २’ दशैंको फूलपातीदेखि देशब्यापी प्रदर्शनमा आउने भएको छ ।

शनिबार बिहान पोस्टर सार्वजनिक गर्दै निर्माताले फिल्म प्रदर्शन मिति घोषणा गरेका हुन् । जसअनुसार, यो फिल्म अब फूलपातीको दिनमा ३१ असोजदेखि प्रदर्शनमा आउँदैछ ।

दीपक–दीपाले हरेक वर्षको दशैंमा फिल्म प्रदर्शन गर्दै आएका छन्, यसवर्ष पनि त्यो क्रमले निरन्तरता पाएको छ ।

‘छ माया छपक्कै २’ को सार्वजनिक पोस्टरमा अभिनेता गिरीसहित केकी अधिकारी र सनिशा भट्टराईलाई देख्न सकिन्छ । पुरुष पात्र बाँसुरी बजाइरहेको र दायाँबायाँ रहेका दुई महिला पात्र गर्भवतीको रुपमा देखाइएको छ ।

पोस्टरले लाक्षणिकरुपमा सम्बन्ध र प्रवृत्तिलाई लिएर धेरै कुरा भन्न खोजेको छ ।

सन् २०१९ मा प्रदर्शनमा आएको फिल्म ‘छ माया छपक्कै’को यो दोस्रो श्रृंखला हो । अघिल्लो भाग राजनीति र सम्बन्ध आयाममा तयार भएको थियो । दोस्रो भागलाई पनि समाज र राजनीतिक आयाममा लेखिएको जनाइएको छ ।

दीपेन्द्र लामा निर्देशित यस फिल्मका निर्माता रोहित अधिकारी हुन् । आमा सरस्वती मूभिज, रोहित अधिकारी फिल्म्स र आईएमईको प्रस्तुतिमा फिल्म निर्माण भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?