+
+
Shares

नेकपाले बोलायो केन्द्रीय संयोजन समितिको बैठक

मंगलबार दिउँसो १ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बस्ने गरी आह्वान भएको पार्टी प्रवक्ता प्रकाश ज्वालाले जानकारी दिए ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ४ गते १३:२१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कम्युनिस्ट पार्टीले मंगलबार दिउँसो १ बजे पेरिसडाँडामा केन्द्रीय संयोजन समितिको बैठक बोलाएको छ ।
  • बैठकमा रसुवा बाढीपहिरोपछिको अवस्था, सरकारको कामकारबाही, पार्टीको भूमिका र आगामी कामबारे छलफल हुने प्रवक्ता प्रकाश ज्वालाले बताए ।
  • पार्टीले बैठकपछि बाढीपहिरो पीडितको राहत, उद्धार र पुनःस्थापनाबारे सरकारलाई सुझाव दिनेछ ।

४ असोज, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले केन्द्रीय संयोजन समितिको बैठक बोलाएको छ ।

मंगलबार दिउँसो १ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बस्ने गरी आह्वान भएको पार्टी प्रवक्ता प्रकाश ज्वालाले जानकारी दिए ।

उनका अनुसार रसुवा बाढी पहिरोपछिको अवस्था, यसबारे सरकारको कामकारबाही, पार्टीले खेलेको भूमिका र आगामी दिनमा गर्ने काम तथा सरकारलाई दिने सुझावको विषयमा छलफल गर्न लागिएको छ ।

यसबाहेक आन्तरिक संगठनात्मक सवाल र राष्ट्रिय राजनीतिका विषय पनि छलफल हुने उनले बताए ।

प्रवक्ता ज्वालाका अनुसार बैठकपछि पार्टीले सरकारलाई सुझाव दिनेछ । बाढी पहिरो पीडितको राहत, उद्धार पुर्नस्थानपाको विषयमा सरकारको कामको मूल्यांकन र पार्टीको भूमिको समीक्षा हुनेछ । यसआधारमा सरकारको पनि ध्यानाकर्षण गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?