+
+
Shares

पाकिस्तानले सीमापार आतंकवादविरुद्ध विश्वसनीय कारबाही गर्नुपर्छ : भारत

सञ्चारकर्मीहरूले उनीसँग पाकिस्तानी सेनाप्रमुख असिम मुनिरको बयानबारे प्रतिक्रिया मागेका थिए। मुनिरले देशमा बढ्दो उग्रवादका बीच आतंकवाद हराउन सशस्त्र बलको बलियो संकल्प रहेको बताएका थिए।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ७ गते १४:०५

७ असोज, काठमाडौं । भारतको विदेश मन्त्रालयले पाकिस्तानले सीमापार आतंकवादविरुद्ध विश्वसनीय कारबाही गर्नुपर्ने बताएको छ।

मन्त्रालयले त्यसो गरेमा मात्र विश्वले उसका भनाइमा विश्वास गर्ने जनाएको छ। विदेश मन्त्रालयका प्रवक्ता रणधीर जायसवालले मङ्गलबारको साप्ताहिक प्रेस ब्रिफिङमा यो टिप्पणी गरे।

सञ्चारकर्मीहरूले उनीसँग पाकिस्तानी सेनाप्रमुख असिम मुनिरको बयानबारे प्रतिक्रिया मागेका थिए। मुनिरले देशमा बढ्दो उग्रवादका बीच आतंकवाद हराउन सशस्त्र बलको बलियो संकल्प रहेको बताएका थिए।

यसमा जयसवालले भने, “पाकिस्तानले कारबाही गर्न र बलियो प्रतिबद्धता देखाउन आवश्यक छ। उसले सीमापार आतंकवादविरुद्ध विश्वसनीय कारबाही गर्नुपर्छ, अनि मात्र दुनियाँलाई उसले जे भन्छ त्यो गर्छ भन्ने विश्वास हुन्छ।”

यसैबीच पाकिस्तानले भर्खरै पर्मोनेन्ट कोर्ट अफ आर्बिट्रेसनका फैसलालाई लिएर संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्का अध्यक्षलाई पत्र पठाएको थियो।

यो सिन्धु जल सम्झौतासँग जोडिएको फैसला थियो।यसमा भारतले कडा प्रतिक्रिया दिएको छ।

विदेश मन्त्रालयका प्रवक्ता रणधीर जायसवालले पाकिस्तानमाथि तथ्यलाई गलत तरिकाले प्रस्तुत गरेको र झुटा दाबी फैलाएको आरोप लगाए।

रणधीर जायसवालले भने, “जसलाई पाकिस्तानले पर्मोनेन्ट कोर्ट अफ आर्बिट्रेसनको फैसला भनेर बताइरहेको छ, त्यो वास्तवमा त्यो कोर्टको फैसला होइन। यो एउटा अवैध रूपमा गठित अदालतको फैसला हो।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?