+
+
Shares

‘छ माया छपक्कै २’ को शीर्ष गीत सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ७ गते १५:५५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रदर्शन तयारीमा रहेको फिल्म ‘छ माया छपक्कै २’ को शीर्ष गीत युट्युबमा रिलिज भएको छ ।
  • दीपकराज गिरी, केकी अधिकारी, कार्म, रिहान गिरी र रजनी केसी भिडियोमा फिचर्ड छन् ।
  • दीपेन्द्र लामाको निर्देशन र रोहित अधिकारीको निर्माण रहेको फिल्म ३१ असोज, दशैंको फूलपातीमा प्रदर्शन हुने तय छ ।

काठमाडौं । प्रदर्शन तयारीमा रहेको फिल्म ‘छ माया छपक्कै २’ को शीर्ष गीत युट्युबमा रिलिज भएको छ । अन्य कलाकारलाई पनि समेटेर तयार पारिएको गीतको भिडियो मल्टि-स्टारर देखिन्छ ।

दीपकराज गिरी, केकी अधिकारी लगायतका कलाकार भिडियोमा फिचर्ड छन् । मुख्य महिला पात्र गर्भवती भएपछि उसलाई शुभकामना दिन आयोजना गरिएको सेरेमोनीको सन्दर्भमा म्यूजिक भिडियो तयार पारिएको छ ।

कार्म, रिहान गिरी, रजनी केसी, मेक्सम गौडेल, जेसिका पोखरेल लगायतका अन्य कलाकार पनि फिचर्ड छन् । फेस्टिभल भाइब्स सिर्जना गर्ने यो गीतको नृत्य निर्देशन (कोरियोग्राफी) आकर्षक छ ।

करण परियार, अभि सुनार, विशाल निरौला, रश्मी विश्वकर्माको गायन रहेको गीतमा संगीत निर्देशन सुनारले गरेका हुन् । दीपेन्द्र लामाको निर्देशन, रोहित अधिकारीको निर्माण रहेको फिल्मको प्रदर्शन दशैंको फूलपाती अर्थात ३१ असोजलाई तय छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?