+
+

मृतकको सम्झनामा इलाम बन्द

अनलाइनखबर अनलाइनखबर
२०७१ कात्तिक १७ गते १०:३३

१७ कात्तिक, इलाम । मकवानपुरको बस्तीपुरस्थित बसामाडी भन्ने स्थानमा शनिबार बिहान भएको बस दुर्घटना ज्यान गुमाएका इलामेको सम्झनामा आज बजार, कलकारखाना, उद्योगधन्दा, विद्यालय बन्द गरिएको छ । सो दुर्घटनामा ज्यान गुमाएका १० जनामध्ये इलामका आठ जना परेका थिए ।

इलाम उद्योग वाणिज्य सङ्घको आइतबार बसेको बैठकले मृतकको सम्झनामा आधा दिन अर्थात् १२ बजेसम्म बजारका पसल, होटल आदि बन्द गरी शोक मनाउने निर्णय गरेको सङ्घकी अध्यक्ष सुशिला सापकोटाले जानकारी दिइन् ।
निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) र नेपाल शिक्षक युनियन इलामले मृतकको सम्झनामा आजै सदरमुकामलगायत जिल्लाभरका सम्पूर्ण सामुदायिक तथा निजी विद्यालय बन्द गरेका छन् । युनियनका जिल्ला अध्यक्ष पूर्णप्रसाद गौतम र कुमार भक्तराजद्वारा संयुक्त रूपमा हस्ताक्षरित विज्ञप्तिमा विद्यालय बन्दको घोषणा गरिएको हो ।
होटल एसोसिएसन इलामले पनि मृतकको सम्झनामा आधा दिनसम्म होटल बन्द गर्ने निर्णय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?