News Summary
Generated by OK AI. Editorially reviewed.- कार्यवाहक प्रधानमन्त्री डा.स्वर्णिम वाग्लेले बुधबार अर्थ मन्त्रालयमा यस साताको अनुमानित मौसम र पूर्वतयारीबारे जानकारी लिएका छन्।
- डा.अर्चना श्रेष्ठले बङ्गालको खाडीको न्यूनचापीय प्रणाली र मनसुनी वायु सक्रियताका कारण नेपालभर उच्च सतर्कता जारी गरिएको जानकारी गराइन्।
- डा.धर्मराज उप्रेतीले २४ घण्टा सूचना डेस्क सञ्चालन र सम्भावित जिल्लाका निकायसँग समन्वय भइरहेको बताए।
७ असोज, काठमाडौं । कार्यवाहक प्रधानमन्त्री डा.स्वर्णिम वाग्लेले यस साताको अनुमानित मौसम सम्बन्धमा जानकारी लिएका छन् ।
बुधबार अर्थ मन्त्रालयमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा.धर्मराज उप्रेती र नेपाल मौसम विज्ञान विभागकी महानिर्देशक डा.अर्चना श्रेष्ठसँग उनले मौसमी अवस्थाको प्रक्षेपण र सम्भावित जोखिम न्यूनीकरणका लागि गरिएका पूर्वतयारीबारे जानकारी लिएका हुन् ।
सो क्रममा बङ्गालको खाडीमा विकसित न्यूनचापीय प्रणाली (Deep Depression) र मनसुनी वायुको सक्रियताका कारण नेपालभर उच्च सतर्कता (High Alert) जारी गरिएको महानिर्देशक डा. श्रेष्ठले जानकारी गराए ।
त्यसैगरी, चौबिसै घण्टा सूचना डेस्क सञ्चालन गरिएको तथा विपद् जोखिम न्यूनीकरणका लागि सम्भावित जिल्लाका प्रशासन कार्यालय, पर्यटन, यातायात, पूर्वाधार लगायतका क्षेत्रहरूसँग समन्वय भइरहेको जानकारी कार्यकारी प्रमुख डा. उप्रेतीले जानकारी गराए ।
आइतबारदेखि मौसममा सुधार हुने अनुमान रहेको समेत सो क्रममा जानकारी गराइएको थियो ।
प्राधिकरणले पनि यो अवधिमा सतर्क रहन आग्रह गरेको छ ।

प्रतिक्रिया 4