+
+
Shares

विधि विज्ञान प्रयोगशाला सञ्चालक समिति सदस्यको योग्यतामा स्नातकोत्तर अनिवार्य गर्नुर्पछ : सांसद कार्की

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ८ गते ११:४४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • डा. तोसिमा कार्कीले राष्ट्रिय विधि विज्ञान प्रयोगशाला सञ्चालक समितिका सदस्यको योग्यतामा स्नातकोत्तर तह अनिवार्य गर्न प्रस्ताव राखिन्।
  • बिहीबार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक, २०८१ को मस्यौदा प्रतिवेदनमाथि छलफल भएको थियो।
  • उनले स्नातकलाई १० वर्ष, स्नातकोत्तरलाई ५ वर्ष र पीएचडीलाई ३ वर्ष अनुभवको प्रावधानमा परिमार्जन आवश्यक रहेको बताइन्।

८ असोज, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोसिमा कार्कीले प्रयोगशाला सञ्चालक समितिका सदस्यहरूको योग्यतामा परिमार्जन गर्न प्रश्ताव गरेकी छिन् ।

बिहीबार बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा उनले विशेषज्ञको मापदण्ड तोक्दा स्नातक तहलाई मात्र आधार मान्न नहुने स्पष्ट पारिन् ।

बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ को मस्यौदा प्रतिवेदनमाथि छलफल भएको थियो । सांसद डा. कार्कीले विधेयकमा प्रश्तावित अनुभवको अवधि र शैक्षिक योग्यताको ढाँचामा सुधार आवश्यक रहेको औँल्याइन् ।

स्नातक तह उत्तिर्ण गरेका व्यक्तिलाई १० वर्ष, स्नातकोत्तर गरेकालाई ५ वर्ष र विद्यावारिधि (पीएचडी) गरेका व्यक्तिलाई ३ वर्षको अनुभव आवश्यक पर्ने प्रावधानमाथि आफ्नो धारणा उनले राखिन् ।

‘सामान्यतया जुनसुकै विधामा स्नातकोत्तर तह उत्तिर्ण गरेपछि मात्र सम्बन्धित व्यक्तिलाई विशेषज्ञ मान्ने प्रचलन छ । तसर्थ प्रयोगशालाको सञ्चालक समितिमा रहने विशेषज्ञका लागि पनि कम्तीमा स्नातकोत्तर तहको शैक्षिक योग्यता अनिवार्य गरिनुपर्छ,’ डा. कार्कीले भनिन्, ‘विज्ञका रूपमा राय, सल्लाह र सुझाव लिन बोलाइने व्यक्ति पक्कै पनि सम्बन्धित विषयको उच्च ज्ञाता हुनुपर्छ । यस्ता व्यक्ति छनोट गर्ने प्रक्रिया आफैँमा छलफलको विषय बन्न सक्छ, तर संस्थागत विशेषज्ञको हकमा स्नातकोत्तर तह नै आधारभूत मापदण्ड हुनुपर्छ ।’

उनले ‘विशेषज्ञ’ र ‘विज्ञ’ बीचको भिन्नता स्पष्ट पार्नुपर्ने आवश्यकतामाथि पनि जोड दिइन् । उनले विद्यावारिधि तहलाई ‘सुपर स्पेसलाइजेसन’को रूपमा अर्थ्याउँदै स्नातकोत्तर तहभन्दा माथिका योग्यतालाई थप प्राथमिकतामा राख्न सकिने बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?