+
+
Shares

भक्तपुरको लोकन्थलीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ८ गते १३:०१

८ असोज, काठमाडौं । भक्तपुरको मध्यपुर थिमि नगरपालिका–१ लोकन्थलीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

काठमाडौंबाट भक्तपुर जाँदै गरेको बा. प्र. ०२–०६० प ८३३२ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भएर दुर्घटनामा परेको थियो ।

बिहीबार बिहान दुर्घटना हुँदा चालक सोही नगरपालिका–६ का २२ वर्षीय अनिश छुजको मृत्यु भएको हो ।

गम्भीर घाइते भएका उनको उपचारको क्रममा भक्तपुर इन्टरनेशनल अस्पतालमा मृत्यु भएको प्रहरीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?