News Summary
Generated by OK AI. Editorially reviewed.- स्याङ्जाको आँधीखोला गाउँपालिका सभापतिमा २९ वर्षीय अनिल ढकाल सर्वसम्मत निर्वाचित भएका छन् ।
- ढकाल गण्डकी प्रदेशकै सबैभन्दा कान्छो पालिका सभापति बनेका छन् ।
- उनले पुराना पुस्ताको मार्गदर्शन र नयाँ पुस्ताको जोशलाई एकाकार गर्ने बताए ।
१० असोज, स्याङ्जा । नेपाली कांग्रेसको १५ औं महाधिवेशनअन्तर्गत स्याङ्जाको आँधीखोला गाउँपालिका सभापतिमा अनिल ढकाल सर्वसम्मत निर्वाचित भएका छन् ।
उनी उमेरका हिसाबले गण्डकी प्रदेशकै सबैभन्दा कान्छो पालिका सभापति बन्न सफल भएका छन् । २९ वर्षीय ढकाल गत बुधबार सम्पन्न गाउँपालिका अधिवेशनबाट सर्वसम्मत सभापतिमा चयन भएका हुन् ।
कक्षा ९ मा पढ्दा नेपाल विद्यार्थी संघ (नेविसंघ) बाट राजनीतिक यात्रा सुरु गरेका ढकालले २०६७ साल कात्तिक २६ गते पूर्वसभापति एवम् पूर्वप्रधानमन्त्री स्वर्गीय सुशील कोइरालाबाट पार्टी सदस्यता लिएका थिए ।
गाउँपालिका कार्यसमिति सभापतिमा सर्वसम्मत चयन भएका ढकालले पुराना पुस्ताको मार्गदर्शन र नयाँ पुस्ताको जोशलाई एकाकार गर्ने बताए ।
आँधीखोलामा पार्टी संगठनलाई थप सुदृढ, प्रविधिमैत्री र जनताको वास्तविक भरोसायोग्य बनाउन निरन्तर समर्पित रहने उनको भनाइ छ ।
प्रतिक्रिया 4