+
+
Shares

झापामा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १० गते १९:०७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • झापाको गौरादह नगरपालिका–४ मा मोटरसाइकलले ठक्कर दिँदा ८१ वर्षीय लाल बहादुर श्रेष्ठको शुक्रबार राति मृत्यु भएको छ ।
  • ठक्करबाट गम्भीर घाइते श्रेष्ठको कोशी प्रादेशिक अस्पताल विराटनगरमा उपचारका क्रममा मृत्यु भएको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।
  • फरार मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ ।

१० असोज, काठमाडौं । झापामा मोटरसाइकलको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ ।

गौरादह नगरपालिका–४ स्थित सडकमा हाल नम्बर नखुलेको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ८१ वर्षीय लाल बहादुर श्रेष्ठको शुक्रबार राति मृत्यु भएको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका उनको कोशी प्रादेशिक अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो ।

हाल फरार मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?