फाइल तस्वीर
News Summary
Generated by OK AI. Editorially reviewed.- अविरल वर्षाका कारण ललितपुरको बागमती गाउँपालिका-३ पाँचधुरे र टाँकुरेमा पहिरो खस्दा काठमाडौं-हेटौंडा जोड्ने कान्तिलोकपथ अवरुद्ध भएको छ।
- आज बिहान टिकाभैरवमा रुख ढल्दा सडक अवरुद्ध बनेको छ।
- कान्तिलोकपथअन्तर्गत मकवानपुर खण्डमा भने कुनै अवरोध नरहेको प्रहरीले जनाएको छ।
११ असोज, काठमाडौं । अविरल वर्षाका कारण पहिरो खस्दा काठमाडौं-हेटौंडा जोड्ने कान्तिलोकपथ अवरुद्ध भएको छ ।
ललितपुरको बागमती गाउँपालिका-३ पाँचधुरे र टाँकुरेमा पहिरो खसेका कारण कान्तिलोकपथ अवरुद्ध रहेको ललितपुरका प्रहरी प्रवक्ता गौतम मिश्रले जानकारी दिए ।
उनका अनुसार अविरल वर्षाका कारण यी दुई ठाउँमा गएराति पहिरो खसेको हो ।
यसैगरी आज बिहान टिकाभैरवमा रुख ढल्दा सडक अवरुद्ध बनेको छ ।
कान्तिलोकपथ अन्तर्गत मकवानपुर खण्डमा भने कुनै अवरोध नरहेको मकवानपुर प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4