+
+
Shares

कालीगण्डकीको बाढीले पर्वतको जलजलामा ठूलो क्षति

वडाध्यक्ष हिरविकास जिसीका अनुसार बाढीले करिब दुई दर्जन घर बगाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ११ गते ८:२१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कालीगण्डकीको बाढीले पर्वतको जलजला-८ फर्सेमा करिब दुई दर्जन घर बगाएको वडाध्यक्ष हिरविकास जिसीले बताए ।
  • बाढीको बहाब अझै बढिरहेकाले क्षतिको यकिन विवरण आउन नसकेको र प्रभावित बस्तीका मानिसलाई सुरक्षित स्थानमा सार्ने काम भइरहेको छ ।
  • सहायक प्रमुख जिल्ला अधिकारी गणेशकुमार पौडेलले कालीगण्डकीमा अहिलेसम्मकै ठूलो बाढी आएको र प्रहरी टोली प्रभावित क्षेत्रमा परिचालित भएको बताए ।

११ असोज,  काठमाडौं । कालीगण्डकी नदीको बाढीले पर्वतको जलजला-८ फर्सेमा ठूलो क्षति पुर्‍याएको छ ।

वडाध्यक्ष हिरविकास जिसीका अनुसार बाढीले करिब दुई दर्जन घर बगाएको छ ।

कालीगण्डकीमा बाढीको बहाब बढ्ने क्रम रहेको भन्दै उनले क्षति कति भयो भन्नेबारे अहिले नै यकिन गर्न नसकिने बताए ।

बाढी पसेको गाउँमा मानिसहरूलाई सुरक्षित स्थानमा सार्ने काम भइरहेकोले क्षतिबारे अहिले भन्न नसकिने उनको भनाइ छ ।

पर्वतका सहायक प्रमुख जिल्ला अधिकारी गणेशकुमार पौडेलले जलजला क्षेत्रमा कालीगण्डकीको बाढीले केही घर बगाएकाो जानकारी आफूले पाएको बताए ।

उनले भने, ‘कालीगण्डकीमा अहिलेसम्मकै ठूलो बाढी आएको छ । यो बाढीले जलाजला क्षेत्रमा केही घर बगाएको भन्ने जानकारी आएको छ । प्रहरीको टोली अहिले बाढी प्रभावित क्षेत्रमा परिचालित भइसकेको छ ।’
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?