+
+
Shares

चोलेन्द्र पक्राउबारे एसएसपी खड्काले भने– ‘सुरक्षा थ्रेट’ भएकाले कार्यालयमा ल्याएका हौँ

अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काले अनलाइनखबरसँग भने, ‘उहाँलाई सुरक्षा थ्रेट छ भन्ने थाहा पाएपछि राति नै केही हुनसक्छ भनेर हाम्रो कार्यालयमा ल्याएर राखेका हौं ।’

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ११ गते १०:०१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • एसएसपी सन्तोष खड्काले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई सुरक्षा थ्रेटपछि अपराध अनुसन्धान कार्यालय टेकुमा राखिएको बताए।
  • प्रहरीको टोलीले गएराति जबरालाई महाराजगञ्जस्थित निवासबाट नियन्त्रणमा लिएको थियो।
  • जबरालाई पक्राउ गर्दा कुनै अदालतको पक्राउ पुर्जी नलिइएको सम्बद्ध स्रोतले जनाएको छ।

११ असोज, काठमाडौं । अपराध अनुसन्धान कार्यालय टेकुका एसएसपी सन्तोष खड्काले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई सुरक्षा थ्रेटपछि कार्यालयमा ल्याएर राखिएको बताएका छन् ।

एसएसपी खड्काले आज बिहान अनलाइनखबरसँग कुरा गर्दै सो जानकारी दिएका हुन् ।

गएराति अपराध अनुसन्धान कार्यालयको टोलीले जबरालाई महाराजगञ्जस्थित निवासबाट नियन्त्रणमा लिएको थियो ।

रातारात जबरालाई पक्राउ किन गरियो भन्ने प्रश्नमा एसएसपी खड्काले भने, ‘उहाँलाई सुरक्षा थ्रेट छ भन्ने थाहा पाएपछि राति नै केही हुनसक्छ भनेर हाम्रो कार्यालयमा ल्याएर राखेका हौं ।’

जबरालाई नियन्त्रणमा लिनुअघि प्रहरीले कुनै पनि अदालतबाट पक्राउ पुर्जी नलिएको सम्बद्ध स्रोतले जनाएको छ ।

प्रहरी पक्राउ गर्न आएपछि जबराले भाइ प्रभुशम्शेरलाई फोन गरेर जानकारी गराएका थिए । प्रभुशम्शेरले पनि आज बिहान अनलाइनखबरसँग कुरा गर्दै भने, ‘जेनजीहरुबाट तपाईंलाई थ्रेट छ भन्दै प्रहरीहरुले दाइलाई पक्रेर लगेछन् ।’

प्रभुशम्शेरका अनुसार जबरालाई अपराध अनुसन्धान कार्यालय टेकुमा राखिएको छ । प्रहरीले कसैलाई भेट्न समेत नदिएको उनी निकट स्रोत बताउँछ । अहिले उनका छोरा भेट्न भन्दै टेकु पुगेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?