+
+
Shares

खुल्यो काठमाडौंको आकाश (तस्वीरहरू)

आइतबार दिउँसोबाट काठमाडौं उपत्यकाको पनि मौसम खुल्दै गएको छ । अहिले उपत्यकामा घाम लागिररहेको छ । लगातार चार दिनसम्मको झरीपछि काठमाडौं उपत्यकाको आकाश खुलेको हो ।

आर्यन धिमाल कमल प्रसाईं आर्यन धिमाल, कमल प्रसाईं
२०८३ असोज ११ गते १५:०४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भारतको उत्तर प्रदेश आसपासको न्यूनचापीय क्षेत्र कमजोर बन्दै जाँदा नेपालमा वर्षाको गतिविधि घटेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
  • लगातार चार दिनको झरीपछि आइतबार दिउँसोबाट काठमाडौं उपत्यकाको मौसम खुलेको र अहिले घाम लागेको छ ।
  • मौसमविद् सञ्जीव अधिकारीका अनुसार आज देशका विभिन्न भूभागमा वर्षा हुने तर एक–दुई स्थानमा मात्र भारी वर्षा हुने पूर्वानुमान छ ।

११ असोज, काठमाडौं । भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय क्षेत्र कमजोर हुँदै गएसँगै नेपालमा वर्षाको गतिविधि पनि क्रमश: घट्दै जान थालेको छ ।

यो सँगै आइतबार दिउँसोबाट काठमाडौं उपत्यकाको पनि मौसम खुल्दै गएको छ । अहिले उपत्यकामा घाम लागिररहेको छ । लगातार चार दिनसम्मको झरीपछि काठमाडौं उपत्यकाको आकाश खुलेको हो ।

यद्यपि आज दिउँसो देशका विभिन्न भूभागमा वर्षा हुने तर एक–दुई स्थानमा मात्र भारी वर्षा हुने पूर्वानुमान छ ।

नेपाल मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जीव अधिकारीका अनुसार उत्तर प्रदेश आसपास अवस्थित न्यूनचापीय क्षेत्र नेपालको लुम्बिनी र सुदूरपश्चिम प्रदेशको दक्षिणतर्फ रहेकाले ती क्षेत्रमा वर्षाको गतिविधि केन्द्रित भएको हो ।

काठमाडौं लगायत बागमतीका क्षेत्रमा पनि मनसुन कमजोर भएको छ ।

न्यूनचापीय क्षेत्रसँगै बंगालको खाडीबाट जलवाष्प बोकेको हावा पनि गएराति नेपालको मध्य भूभागतर्फ केन्द्रित भएको थियो ।

अहिले न्यूनचापीय प्रणाली विस्तारै कमजोर भइसकेको र त्यसको थोरै मात्र प्रभाव बाँकी रहेकाले आज पनि वर्षाका केही गतिविधि हुने उनले बताए ।

काठमाडौं उपत्यकाका केही तस्वीरहरू–

 

लेखक
आर्यन धिमाल

धिमाल अनलाइनखबरका फोटो पत्रकार हुन् ।

कमल प्रसाईं

प्रसाईं  अनलाइनखबरका फोटोपत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?