+
+
Shares

कुलेखानी जलसतह बढेपछि हेटौंडा-काठमाडौं सडकमा सवारी चलाउन रोक 

कुलेखानी जलविद्युत् आयोजनाको इन्द्रसरोवर जलाशय (ताल)मा पानीको सतह बढ्दै गएपछि पछिल्लाे अवस्थालाई मध्यनजर गर्दै हेटाैंडा-काठमाडाैं आवतजावतमा राेक लगाइएकाे छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ११ गते १६:४४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कुलेखानी जलविद्युत् आयोजनाको इन्द्रसरोवर तालमा पानीको सतह बढ्दै गएपछि हेटौंडा-काठमाडौं आवतजावतमा रोक लगाइएको छ।
  • जिल्ला प्रशासन कार्यालय मकवानपुरले आज साँझ ४ बजेदेखि असोज १२ गते बिहान ५ बजेसम्म देउराली-सिस्नेरी-काठमाडौं र पालुङ हुँदै सिस्नेरी-देउराली-हेटौंडा सडकमा सवारी सञ्चालन नगर्न आग्रह गरेको छ।
  • प्रशासनले अत्यावश्यक यात्रु र सवारी चालकलाई उक्त समयमा त्रिभुवन राजपथ प्रयोग गर्न आग्रह गरेको छ।

११ असाेज, हेटौंडा । कुलेखानी जलविद्युत् आयोजनाको इन्द्रसरोवर जलाशय (ताल)मा पानीको सतह बढ्दै गएपछि पछिल्लाे अवस्थालाई मध्यनजर गर्दै हेटाैंडा-काठमाडाैं आवतजावतमा राेक लगाइएकाे छ ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरले हेटौंडा-काठमाडौं जाेड्ने छाेटाे मार्गमा आवतजावत गर्ने यात्रु तथा सवारी साधनलाई विशेष सतर्कता अपनाउन आग्रह गरेको हो। प्रशासनले आज आइतबार दिउँसो ४ बजेदेखि भोलि बिहान ५ बजेसम्म देउराली-सिस्नेरी-काठमाडौं र पालुङ हुँदै सिस्नेरी-देउराली-हेटौंडातर्फ जाने सडकमा कुनै पनि सवारी साधन सञ्चालन नगर्न/नगराउन आग्रह गरेको प्रशासकीय अधिकृत सन्ताेष सुवेदीले जानकारी दिए ।

कुलेखानी जलविद्युत् आयोजनाको इन्द्रसरोवर तालमा पानीको सतह बढ्ने क्रम जारी रहेको जनाउँदै प्रशासनले जलाधार क्षेत्रमा भइरहेको वर्षाको विश्लेषण गरी विद्युत् प्राधिकरणले साइरन बजाइ सुरक्षाको मापदण्ड पूरा गरेर जुनसुकै समयमा तालको ढोका खोल्न सक्ने प्रशासनले जानकारी दिएको छ ।

प्रशासनका अनुसार उक्त सडकखण्डमा आज साँझ ४ बजेदेखि असोज १२ गते बिहान ५ बजेसम्म कुनै पनि प्रकारका सवारी साधन सञ्चालनमा रोक लगाइएको हाे । अत्यावश्यक कामका लागि काठमाडौं जाने वा हेटौंडा आउने यात्रु तथा सवारी चालकले उक्त समयभित्र त्रिभुवन राजपथबाट यात्रा गर्न प्रशासनले आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?