+
+
Shares

कांग्रेस केन्द्रीय सदस्य गंगा सुनार महाधिवेशन प्रतिनिधिमा पराजित

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १४ गते १२:५५

१४ असोज, काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय सदस्य गंगा सुनार महाधिवेशन प्रतिनिधिमा पराजित भएकी छन् । गत पुसमा भएको विशेष महाधिवेशनबाट सुनार केन्द्रीय सदस्य बनेकी थिइन् ।

काठमाडौं–५ बाट महाधिवेशनमा प्रतिनिधिमा प्रतिस्पर्धा गरेकी सुनार पराजित भएकी हुन् । सुनारले दलित क्लष्टरबाट प्रतिनिधिका लागि प्रतिस्पर्धा गरेकी थिइन् । यही क्षेत्रबाट महामन्त्री प्रदीप पौडेल निर्विरोध महाधिवेशन प्रतिनिधि चयन भएका छन् ।

कांग्रेसले १८ असोजबाट काठमाडौंमा १५ औं महाधिवेशन गर्ने भएको छ । महाधिवेशनका लागि देशभर प्रतिनिधि छनोटको कार्य जारी छ । अधिकांश स्थानबाट प्रतिनिधि चयन भइसकेका छन् ।

सिन्धुपाल्चोक–२, स्याङ्जा– २, काभ्रे–२, दैलेख–२ लगायतका क्षेत्रमा विवादका कारणले प्रतिनिधि चयन हुन बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?